22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

सरकारले मिति तोके ९० दिनमा निर्वाचन गर्न आयोग सक्षमः यादव

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     6:37:14 AM  | 134 पटक पढिएको   |  

पर्वतः प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले सरकारले स्पष्ट रुपमा निर्णय लिन नसक्दा आगामी जेठमा समेत निर्वाचन नहुने संकेत देखा परेको बताए । सरकार नै स्थानीय निकायको पहिला कि स्थानीय तहको पहिला निर्वाचन गर्ने भन्ने अन्यौलमा रहेका कारण निर्वाचन आयोगले समेत काम अगाडी वढाउन नसकेको उनको धारणा छ ।

पर्वतको कुश्मामा बुधवार आयोजित निर्वाचन सम्बन्धि अन्तरक्रियामा बोल्दै यादवले सरकार नै अन्यौलमा रहेका कारण आयोगलाई काम अगाडी वढाउन समस्या रहेको बताए । तर सरकारले मिति तोकेर काम गर्न दिए ९० दिनमै निर्वाचन गर्न आयोग सक्षम रहेको डाक्टर यादवले बताए ।
सरकारले स्पष्ट धारणा बनाउन नसक्दा निर्वाचनका आवश्यक कानुन निर्माण गर्न अहिले समस्या सिर्जना भएको यादवको भनाई छ । संविधानले तोकेको समय घर्किँदै गएको अवस्थामा अव सरकारले ढिलो गरे जेठमा पनि निर्वाचन हुन नसक्ने संकेत गरे । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले अहिले स्थानीय निर्वाचन अपरिहार्य रहेको बताउनुभयो । लामो समय सम्म स्थानीय तहको निर्वाचन नहुँदा देशमा विकासका गतिविधी ठप्प भएको, अनियमितता मौलाएको र स्थानीय निकायमा अन्य धेरै खाले समस्या सिर्जना भएका कारण निर्वाचन जसरी पनि गर्नुपर्ने जोशीले आवश्यकता औल्याए ।

निर्वाचनको प्रतिक्षा गरेका जनतालाई सरकार र आयोगले आस्वस्त पार्नुपर्ने बताउँदै साँसद जोशीले साँसदको हैषियतले आवश्यक सबै सहयोग गर्न तयार रहेको जानकारी गराए । कार्यक्रममा विभिन्न क्षेत्रका व्याक्तिहरुले निर्वाचनको आवश्यकताका बारेमा वोल्नुभएको थियो । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले गरेका थियो ।
यसै बिच जिल्ला निर्वाचन कार्यालय पर्वतको आफ्नै भवन बन्ने भएको छ । भवनको प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले बुधबार शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा बोल्दै यादवले स्थानियको निकायको चुनावको मिति तत्काल घोषण हुन सक्ने भन्दै तयारीमा जुट्न कर्मचारीलाई निर्देशन दिए ।

कुश्माको वडागाउँमा बन्न लागेको भवन अपाङग मैत्री र महिला मैत्री हुने जिल्ला निर्वाचन कार्यलय पर्वतले जनाएको छ । २ करोड १ लाखको लागतमा बन्न लागेको भवन २०७४ फागुन १५ भित्र सम्पन्न गर्ने लक्ष्य लिईएको छ । उक्त भवनको नयाँ बाटो सुर्यदय कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ ।

Leave a comment

Your email address will not be published.


*