24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

जब छोराले आमा र बाबुको हत्या गरे

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     6:04:51 AM  | 134 पटक पढिएको   |  

जुम्ला– जुम्लामा एक युवकले आफ्नै बुबा र आमालाई ढुङ्गाले थिचेर हत्या गरेका छन्। जिल्लाको गोठिचौर गाविस–२ नापानीका ३० वर्षीय वीरबहादुर ऐडीले आफ्ना बुबा ४५ वर्षीय गोरबहादुर ऐडी र  आमा ५० वर्षीया जयरुपा ऐडीलाई घर नजिकैको बारीमा ढुङ्गाले थिचेर हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बिहान ११ बजे बारीमा हत्या गरेको जानकारी पाएपछि मणिसाघुस्थित प्रहरी चौकीबाट असई वरुजित विकको टोली घटनास्थल पुगेको थियो।

घटनास्थल मणिसाघु प्रहरी चौकीदेखि डेढ घण्टा पश्चिमतिर पर्छ। हत्यामा संलग्न छोरा वीरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक विष्णुहरी काफ्लेले जानकारी दिए।

साभारः नागरिक दैनिक

Leave a comment

Your email address will not be published.


*