20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

खाना पकाउने ग्यासको मुल्य बढ्यो

डिजेल-पेट्रोल उस्तै

          |   प्रकाशित मितिः बिहिबार, माघ २०, २०७३     5:53:25 AM  | 116 पटक पढिएको   |  

काठमाडौ‌ं:  नेपाल आयल निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ।अब उपभोक्ताले एक सिलिण्डर ग्यासलार्इ १३ सय ५० रुपैयाँ तिर्नुपर्नेछ।

यसअघि प्रति सिलिण्डर ग्यासको मूल्य १३ सय २५ रुपैयाँ थियो।निगम व्यवस्थापनको बुधवार बसेको बैठकले ग्यासको मूल्य बढाएको हो।इन्डियन आयल कर्पोरेशन(आइओसी)ले फेब्रुअरीमा पठाएको नयाँ मूल्य अनुसार निगमलार्इ ग्यासमा घाटा धेरै भएकोले मूल्य बढाएको हो।

यसअघि पनि निगमलार्इ ग्यासमा प्रतिसिलिण्डर ७८ रुपैयाँ २४ पैसा घाटा थियो।निगम स्रोतका अनुसार डिजलमा नोक्सानी बढेपनि मूल्य यथावत राखिएको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न थालेपछि निगम गत महिनादेखि नोक्सानीमा गएको थियो।निगमले गत महिना १४ करोड ६२ लाख रुपैयाँ नोक्सानी हुने प्रक्षेपण गरेको छ।डिजल र खाना पकाउने ग्यासमा भएको नोक्सानीले निगम नोक्सानीमा गएको हो।अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ५५ डलर पुगेको छ।

Leave a comment

Your email address will not be published.


*