24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

कुँवरद्धारा बिद्यालयलाई सरस्वती मन्दिर हस्तान्तरण

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः बुधबार, माघ १९, २०७३     8:25:41 PM  | 224 पटक पढिएको   |  

पर्वत: श्रीपञ्चमीको अवसर पारेर पर्वतको मुडिकुवा गाविसमा रहेको गहते अम्बोट निमाविलाई सरस्वती मन्दिर हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता एवं पूर्व प्रधानाध्यापक चेतनाथ कुँवरले स्वर्गिय माता जमुना कुँवर र पिता भद्रबहादुर कुँवरको स्मृतिमा उक्त मन्दिर निर्माण गरि बिद्यालयका प्रधानाध्यापक जगन्नाथ घिमिरेलाई हस्तारण गर्नुभएको हो ।

अविभावक, शिक्षक र बिधार्थिको बृहत सहभागितामा सम्पन्न सरस्वती पूजा तथा मन्दिर हस्तान्तरण कार्यक्रममा बोल्दै कुँवरले समाजसेवाको क्षेत्रमा सानो भएपनि सहयोग गरेकोमा आफुलाई गर्वको अनुभुती भएको बताउनुभयो । शैक्षिक क्षेत्रमा ४० बर्ष सम्म उल्लेखनिय योगदान पुर्याई भवानी बिधापिठ उच्च माबिलाई पर्वत जिल्लाकै नमूना बिद्यालयको रुपमा स्थापित गर्नका लागि समेत योगदान पुर्याउनुभएका कुँवरले आगामि दिनमा पनि शैक्षिक तथा सामाजिक क्षेत्रको बिकासको लागि सदैव लागि परिरहने बताउनुभयो ।

हाल बिद्यालयको व्यबस्थापन समितिका अध्यक्ष समेत रहनुभएका कुँवरकै नेतृत्वमा २०३६ सालमा क्षेत्रिय निर्देशनालय पोखराबाट पर्वत जिल्लालाई थप एक कोटाको रुपमा बिद्यालय स्विकृत गरि स्थापना भएको सो बिधालयमा सामुदायिक अध्ययन केन्द्रको स्थापना गर्दे प्रावि शिक्षालाई निमावि सम्मको स्तरोन्नतीका लागि उहाँले उल्लेखनिय योगदान पुर्याउनुभएको छ । व्यवस्थापिका संसद सदस्य बिकास लम्सालले शुभकामना व्यक्त गर्दे बिधालय पूर्ण हुनका लािग सरस्वती मन्दिर अपरिहार्य रहेको र यस कार्यले पर्वत जिल्लाकै शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो ।

संचारिका समूह पश्चिमाञचल उपाध्यक्ष बिमला भण्डारीले गुणस्तरीय शिक्षा आर्जनका लागि वातावरण पनि सोहि अनुरुप हुनु पर्ने बताउँदै नैतिक शिक्षाका लागि मन्दिर स्थापनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा बोल्दै बिद्यालय का प्रअ घिमिरेले यस्ता कार्यहरुले शैक्षिक क्षेत्रमा सकारात्मक प्रभाव पार्नुका साथै सामाजिक कार्यका लागि उत्प्रेरणा जगाउने बताउनुभयो ।

लुक्ला बिमानस्थलका प्रमुख योगेन्द्र कुँवरले सामुदायिक बिद्यालयको शैक्षिक स्तरोन्नतीका लागि भौतिक पूर्वाधार पनि महत्वपूर्ण भएका कारण शिक्षामा आधुनिकिकरण अपरिहार्य रहेको जनाउँदै यस बिषयमा पनि ध्यान केन्द्रित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

शैक्षिक क्षेत्रको बिकासका लागि सरस्वती मन्दिर स्थापनासँगै बिद्यालयको शोभा बढेको अध्ययनरत छात्रा शिला तिवारीले बताउनुभयो । समाज परिवर्तनका लागि शिक्षाको ज्योती नै महत्वपूर्ण आधार भएका कारण यस्ता कार्यहरुले शैक्षिक क्षेत्रमा टेवा पुग्ने यूवा उद्यमी निपूर्ण कुँवरले बताउनुभयो ।

Leave a comment

Your email address will not be published.


*