21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

प्रियंका कार्की हिन्दी विज्ञापनमा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, माघ १९, २०७३     6:52:20 PM  | 330 पटक पढिएको   |  

काठमाडौं: नायिका प्रियंका कार्कीले हिन्दी विज्ञापनमा अभिनय गरेकी छन् । ई–टो नुडल्सको  विज्ञापनमा अन्य कलाकार भने भारतीय नै छन् । विज्ञापनमा स्वर अराजकेशव गिरी र मोहित मुनालको छ भने प्रियंका कार्कीको पनि आफ्नै स्वर छ ।

विज्ञापन रेकर्ड नेपालमै गरिएको हो । वानेस्वरस्थित  रियल टाइम स्टुडियोमा रेकर्ड भएको विज्ञापन आसिफ शाहले निर्माण गरेका हुन् । “विज्ञापन निर्माणका लागि भारतबाट टोली नै नेपाल आएको थियो,” अराजकेशवले भने ।

“नेपाली कलाकारले भारतीय विज्ञापनमा खेल्ने अवसर पाउनु हाम्रा लागि खुसीको कुरा हो,” अराजकेशवले भने, “यसले आगामी दिनमा पनि निरन्तरता पाउँछ भन्ने हाम्रो विश्वास छ ।”

मल्टिनेशनल कम्पनीका विज्ञापनमा नेपाली डविङ गराएर भारतीय बजारका लागि हिन्दीमा तयार गरिएको भिडियोलाई नै नेपालमा प्रयोग गरिरहेका बेला भारतीय बजारका लागि नेपाली कलाकार प्रयोग हुनु सकारात्मक भएको अराजकेशवले बताए ।

Leave a comment

Your email address will not be published.


*