21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

नेपाल शिक्षक संघ पर्वतमा भण्डारी

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः मङ्लबार, माघ १८, २०७३     7:01:49 AM  | 123 पटक पढिएको   |  

पर्वतः नेपाल शिक्षक संघ जिल्ला कार्य समिति पर्वतको ८ औँ जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शुक्रवारवाट शुरु भएको अधिवेशन हिजो सम्पन्न भएको हो । अधिवेशनले केशवप्रसाद भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितीको उपाध्यक्षमा गोविन्दप्रसाद पोखरेल, महिला उपाध्यक्षमा राधा कुमारी शर्मा,सचिवमा यज्ञनाथ वास्तोला, अर्थ सचिवमा नागेश्वर उपाध्याय, सहसचिवमा ओमप्रसाद चापागाई, महिला सहसचिवमा सन्जुकुमारी शर्मा, अर्थ सहसचिवमा सीताकुमारी शर्मा, समावेशी सहसचिवमा मनवहादुर थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा शोभाकुमारी शाह, धना न्यौपाने, सीमा गुरुङ, एकनारायण चालिसे, गणपती बस्याल हरिनारायण रेग्मी र रधुनाथ आचार्य चयन हुनुभएको छ । अधिवेशनले संघिय महाधिवेशन प्रतिनिधीमा गोपालप्रसाद शर्मा, विष्णुप्रसाद शर्मा, कमलनाथ शर्मा, भवानी शंकर पौडेल, लिला तिवारी र पार्वती उपाध्याय चयन हुनुभएको छ ।

त्यस्तै प्रदेश अधिवेशन प्रतिनिधीमा अनिल भट्राई, गोपालप्रसाद श्रेष्ठ, थलराम पौडेल, विनोद सुवेदी, सुभन्तनाथ सुवेदी, मेघमाया गुरुङ र टिकाकुमारी सुवेदी चयन हुनुभएको निर्वाचन समितिका संयोजक देवराज पौडेलले जानकारी दिनुभयो । त्यस्तै नेपाल शिक्षक संघ जिल्ला कार्य समिति पर्वतको ८ औँ जिल्ला अधिवेशनवाट सर्वसम्मत निर्वाचित जिल्ला कार्यसमिति पदाधिकारीहरुको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले नवनिवार्चित पदाधिकारीलाई बधाई ज्ञापन गदै नेपाल शिक्षक संघ पार्टीको भरोसाको संघ भएको बताउनु भयो ।

उहाँले स्थानिय निकायको निर्वाचनको मिति तत्काल घोषणा हुन सक्ने भन्दै निर्वाचनको तयारीमा जुट्न शिक्षक संघलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका पर्वतका सभापति खिमप्रसाद भुषाल, नेपाली काँग्रेसका पर्वतका सचिव विश्वप्रकाश प्रसाई, नवनिर्वाचित अध्यक्ष केशवप्रसाद भण्डारी, पार्वती उपाध्यय, नेपाल शिक्षक युनियनका पूर्व सचिव बालकृष्ण बास्तोला लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । निर्वाचन समितिका संयोजक देवराज पौडेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य निर्वाचन समितिका सदस्य तुलसीदेवी शर्मा र कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य हरिनारायण रेग्मीले गर्नुभएको थियो ।

Leave a comment

Your email address will not be published.


*