22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

गजलकारद्वय समर्पण र सरोबर उद्गारको विशेष श्रृंखलामा

          |   प्रकाशित मितिः सोमवार, माघ १७, २०७३     12:00:07 PM  | 376 पटक पढिएको   |  

काठमाडाैंः उद्गार साहित्य समाजको आयोजनामा गजलकार क्षितिज समर्पण र जीवन सरोवरका विशेष गजल वाचन कार्यक्रम हुने भएको छ ।
उद्गारको विशेष श्रृखंला अन्तरगत त्रिचन्द्र कलेज, घन्टाघरमा यही माघ २२ गते गजलकारद्वयले आफ्ना रचनाहरु वाचन गर्नेछन् ।

जाजरकोट घर भएका समर्पणको यस अघि आगोका फूलहरू गजल संग्रह, कैफियत (संयुक्त गजल सङ्ग्रह) प्रकाशन भैसकेका छन् भने अछामका गजलकार सरोबरको आन्दोलन गजल संग्रह प्रकाशन भएकाे छ ।

विहान ११ बजे देखि शुरु हुने उक्त गजल वाचन कार्यक्रममा गजल श्रवण गर्नका लागि गजलप्रेमीहरुलाई समेत आयोजकले निमन्त्रणा गरेको छ ।

1 Comment on गजलकारद्वय समर्पण र सरोबर उद्गारको विशेष श्रृंखलामा

  1. Puskar Parag Chand // January 30, 2017 at 2:41 pm // Reply

    very very congrulatation dada

Leave a comment

Your email address will not be published.


*