22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

स्थानीय तहको चुनाव गराउन सरकार तयारः थानी

          |   प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     6:43:38 AM  | 110 पटक पढिएको   |  

खलंगाः स्थानीय तहको चुनावका लागि सरकार तयार रहेको गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले बताएका छन् ।

सहकारी संस्थाहरुको अनुगमन तथा नेपाली कांग्रेस पार्टीको आमसभालाई सम्बोधन गर्न जाजरकोट आइपुगेका गरीबी तथा सहकारी मन्त्री थानीले शनिबार खलंगामा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।

संविधान कार्यान्वयन गर्नु  सबैको मुल चासो र चिन्ता भएकाले सबैभन्दा पहिले स्थानीय तहको चुनाव गर्नुपर्ने मन्त्री थानीकाे भनाइ छ । अबको केही महिनाममै स्थानीय चुनाव गर्ने गरी आवश्यक एेन, कानून बनाउने तथा नयाँ संविधान अनुसार स्थानीय तहको संरचना लगायतका तयारीलाइ सरकारले जोड दिएको बताए ।

Leave a comment

Your email address will not be published.


*