18 October 2017|   बुधबार, कार्तिक १, २०७४

नेपाल पर्यटन पत्रकार संघद्वारा ७ बुदें घोषणापत्र जारी

          |   प्रकाशित मितिः आइतवार, माघ १६, २०७३     6:28:35 AM  | 93 पटक पढिएको   |  

दाङ: नेपाल पर्यटन पत्रकार संघ दाङले ७ बुदे घोषणापत्र जारी गरेको छ । संघले दाङमा २ दिने अभिमुखिकरण तालिमको क्रममा ७ बुदे घोषणा पत्र जारी गरेका हो ।

तालिममा पर्यटनको विकासका लागि प्रचारको भुमिकाको विषयमा जानकारी गराएको थियो । समाजमा भएको कुरालाई कलात्मक बनाएर मीठो संग प्रस्तुत गर्न सके पर्यटकलाई भित्र्याउन सकिने भएकाले पर्यटन पत्रकारले तालिम पछि आफु काम गर्न तयार भएको सहभागीले बताएका छन् । नेपाल पर्यटन बोर्डको सहयोगमा भएको तालिम गोष्ठीमा मध्येपश्चिमका ६० भन्दा बढि सहभागीले पर्यटन पत्रकारिताको विषयमा जानकारी लिए ।

तालिममा नेपालको पर्यटनको विकासको ईतिहासका बारेमा जानकारी दिदै पत्रकारले खोज्नुपर्ने विषयका बारेमा जानकारी दिईएको थियो । तालिम नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दिपक राज जोशी, नेपाल पत्रकार महासंघका सचिव प्रभात चलाउने, संघका अध्यक्ष धनिराम शर्माले दिएका थिए ।

गोष्ठी सकिएपछि पत्रकारहरूले संसारको ठूलो त्रिशूल भएको स्थान धारपानीमा पुगी पर्यटन पत्रकारिता सम्वन्धि ७ बुदे दाङ घोषणा पत्र २०७३ जारी गरेका हुन् ।

साभारः डिजिटल संचार

Leave a comment

Your email address will not be published.


*