18 October 2017|   बुधबार, कार्तिक १, २०७४

नवाैं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता फागनु १४ र १५ गते हुने

          |   प्रकाशित मितिः बिहिबार, माघ १३, २०७३     3:51:47 PM  | 216 पटक पढिएको   |  

जाजरकोटः फागुन १४ र १५ गते जाजकोटमा नवौ राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता संचालन हुने भएको छ । जगतिपुर स्थित भगवति मावि कुदुमा प्रतियोगिता संचालन गर्ने निर्णय गरिएको छ ।

शिल्डमा भलिबल, एथेलेष्टिक, कपर्दी, तेकोन्डो र कराँतेका विभिन्न इभेन्टमा विद्यालय स्तरीय प्रतिस्पर्धा गराईनेछ । जिल्ला स्तरीय राष्ट्रपती रनिगं सिल्ड प्रतियोगिताको आयोजना तथा संचालन जिल्ला खेलकुद विकास समितिलाई गर्ने गरि जिम्मा दिईएको जिल्ला शिक्षा अधिकारी ललित बिक्रम सिहले जानकारी दिए ।

जिल्ला शिक्षा समितिका अध्यक्ष संयोजक, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा अधिकारी, जिल्ला प्रहरी कार्यालयको प्रमुख, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, प्रतियोगिता आयोजना गर्ने विद्यालयका प्रधानाध्यापक, जिल्लाको समुदायिक र सस्थागत विद्यालय मध्येवाट जिल्ला स्तरीय राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिले मनोनयन गरेका १/१ जना प्रधानाध्यापक लगायतका सदस्य रहने गरी प्रतियोगिता ब्यवस्थापन तथा निर्देशन समिति रहने प्रावधान रहेको छ ।

Leave a comment

Your email address will not be published.


*