18 October 2017|   बुधबार, कार्तिक १, २०७४

रेडियोको नाममा महोत्सव आयोजना गरेर लाखाैंको चन्दा

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः बुधबार, माघ १२, २०७३     9:13:01 PM  | 408 पटक पढिएको   |  

पर्वतः एमालेकी समानुपतिक साँसद कल्पना चापागाईले रेडियोको नाममा गर्ने महोत्सव मागि खाने भाँडो बनाउने गरेकी छिन् । हरेक वर्ष रेडियोको नाममा महोत्सव गर्दै आएकी चापागाईले पर्वतका सरकारी कार्यालयलाई लाखौँ सहयोगको माग गर्दै चिठी पठाएकि छिन् । उनले सहयोग दिन माग गर्दै जिल्ला विकास समिति, कुश्मा नगरपालिका, कृषि कार्यालय, पशु सेवा कार्यालय, स्वास्थ्य, घरेलु तथा साना उद्योग, महिला तथा वालवालिका कार्यालयमा ठुलो सहयोगको माग गर्दै चिठि पठाउने गरेकी छिन् । विगत वर्षमा पनि यस्तो काम उनले गर्दै आएकी हुन् ।
महोत्सवमा भनेजति सहयोग नगर्ने कार्यालय प्रमुखलाई विभागमा दवाव दिन लगाएर तनावमा पार्ने गरेको एक सरकारी कर्मचारीले बताए । सरकारी कार्यालयका प्रमुखलाई साँसदको हैसियतमा उनले थर्कमान बनाउने गरेको ति कर्मचारीले बताए । उनले सहयोग गर्न भन्दै पटक पटक फोन गर्न थालेपछि कार्यालय प्रमुखहरु अहिले हैरान भएका छन् । पर्वतका सामुदायिक विद्यालय, गाविस सचिव, गैह्रसरकारी कार्यालयलाई सहयोग गर्न भन्दै साँसद कल्पनाले दिनहुँ फोन गर्ने गरेकी छिन् ।
उनले प्रत्येक विद्यालयलाई अनिवार्य रुपमा १ हजार देखि २० हजार रुपैयाँ सहयोग माग्ने गरेको खुल्न आएको छ । सचिवहरुलाई महिला लक्षित वजेट महिला महोत्सव भएको नाताले महोत्सवलाई दिन भन्ने गरेकी छिन् ।
उनले पर्वतमा मात्र नभएर छिमेकी वागलुङ र म्याग्दी जिल्लाका सरकारी कार्यालयमा समेत सहयोग गर्न दवाव दिने गरेकी छिन् । साँसद चापागाईले साँसद विकास कोषको ठुलो हिस्सा समेत रेडियोमा भित्राउने गरेकी छिन् । महोत्सवका नाममा उनले कति रकम असुल गर्छिन त्यसको लेखाजोखा हुने गरेको छैन । महोत्सवको खर्च विवरण अहिलेसम्म सार्वजनिक गर्ने गरिएको रेकर्ड नै छैन । उनले महोत्सवको नाममा प्रहरीको समेत दुरुपयोग गर्ने गरेकी छिन् ।
ससत्र प्रहरी गण चण्डिका गण कुश्माका ससत्र प्रहरी वजारमा व्यानर टाँग्ने, व्यवस्थापनका सामाग्री ओसारपोसार गर्ने लगायतका काममा एक हप्तादेखि खटिएको छ । प्रचारका लागि आधा दर्जन प्रहरी खटिएका छन् । सशस्त्र प्रहरी साँसदको नीजि प्रयोजनका लागि खटिएकोमा स्थानीय प्रसासनले कुनै कारवाहि नगर्नुले साँसदको डरले प्रसासन चुप लागेका देखिन्छ ।

पत्रकारलाई एसपीको आदेश ‘समाचार हटाउनुस’: सुदर्शननाथ सिलवाल

सशस्त्र प्रहरीको दुरुपयोग भएको समाचार सञ्चारमाध्यममा आएपछि सशस्त्र प्रहरीको चण्डिका गणका गणपति सुदर्शननाथ सिलवालले पत्रकारलाई समाचार हटाउन दवाव दिएका छन् । समाचारले आफ्नो बेईज्यत भएको महसुस गरेर सिलवालले पत्रकारलाई समाचार डिलिट गर्न फोन मार्फत दवाव दिएका हुन् ।

साँसदले सशस्त्र प्रहरीको दुरुपयोग गरेको समाचार सुचना केन्द्र डटकम अनलाईनमा प्रकाशन भएको छ । उक्त समाचार रेडियो शालिग्रामका स्टेशन म्यानेजर तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष ओमप्रसाद घायलले फेसवुकमा शेयर गरेका छन । घायलले शेयर गरेको समाचार तुरुन्त हटाउनुस भनेर सिलवालले फोन मार्फत आदेश दिएका छन् ।

उनले समाचार हटाउनुस भनेर पत्रकारलाई आदेश दिनु प्रेस स्वतन्त्रता माथिको हनन हो । घायलले भने ‘मलाई एसपी सिलवालले त्यो समाचार हटाउनुस हामीलाई अप्ठ्यारो भयो भने, ‘उनले भने प्रहरीले आफ्नो काम ग¥यो हामीले आफ्नो काम ग¥यौँ तर एसपीले हामीलाई किन आदेश दिने ।

Leave a comment

Your email address will not be published.


*