18 October 2017|   बुधबार, कार्तिक १, २०७४

जाजरकोटमा ५ सय ६५ सवारी साधन कारबाहीमा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, माघ १०, २०७३     5:42:17 PM  | 115 पटक पढिएको   |  

खलंगाः जाजरकोटमा ट्राफिक उलङ्घन गर्ने ५ सय ६५ सवारी साधन ट्राफिक कारबाहीमा परेका छन् । चालु आर्थिक वर्ष २०७३÷७४ को साउन महिना देखि हाल सम्म यो संख्याका सवारी साधन ट्राफिक कारबाहीमा परेका हुन् ।
०७३ साउन महिनामा ७३ वटा, भदौ महिनामा ९३ वटा, असोज महिनामा ८३ वटा, कात्तिकमा ८४ वटा, मंसिरमा १ सय १६ वटा, पुस महिनामा ७९ वटा र माघ महिनामा ३७ वटा सवारी साधन कारबाहीमा परेको ट्राफिक कार्यालय जाजरकोटका प्रहरी नायब निरीक्षक गोपालपप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी ट्राफिक नियम उलङ्घन गर्ने ५ सय ६५ वटा गाडीबाट ३ लाख १५ हजार राजश्व संकलन गरिएको प्रहरी नायब निरिक्षक शर्माको भनाई छ ।

Leave a comment

Your email address will not be published.


*