20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

पिताको सम्झनामा छात्रबृत्ति स्थापना

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, माघ १०, २०७३     8:02:57 AM  | 123 पटक पढिएको   |  

खलंगाः जाजरकोटका एक समाजसेवीले आफ्ना स्वर्गीय पिताको सम्झनामा सदरमुकाम स्थित त्रिभुवन माध्यामिक विद्यालयमा एक छात्रबृत्ति अक्षयकोष स्थापना गरेकी छन् ।

भेरीमालिका नगरपालिका ४ रामजानकीटोलकी सीता भण्डारीले आफ्ना स्वर्गीय पिता टीकाप्रसाद भण्डारीको स्मृतीमा २ लाख ५ सय ५५ रुपैयाको छात्रबृत्ति अक्षयकोष स्थापना गरेकी हुन् ।

उक्त विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत जेहेन्दार तथा गरीव विद्यार्थीलाई अक्षयकोषको ब्याजबाट प्राप्त रकम छात्रवृत्तिको रुपमा प्रदान गर्ने गरी २ लाख ५ सय ५५ रुपैया विद्यालयलाई हस्तान्तरण गरेको भण्डारीले बताईन ।

विद्यालयको बार्षिकोत्सवको अवसरमा फागुन १९ गते स्व.टीकाप्रसाद भण्डारी छात्रबृत्ती प्रदान गरिने प्रधानाध्यापक हेरम्बबहादुर शाहले बताए ।

साभारः डिजिटल संचार

Leave a comment

Your email address will not be published.


*