18 October 2017|   बुधबार, कार्तिक १, २०७४

पर्यटन पत्रकार संघ जाजरकोटको संयोजकमा सिंह

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, माघ ९, २०७३     2:04:40 PM  | 147 पटक पढिएको   |  

जाजरकोटः पर्यटन पत्रकार संघ जाजरकोटको संयोजकमा सुरेन्द्र सिंहलाई सर्वसम्मतीले चयन गरिएको छ । सदरमुकाम खलंगामा आईतबार सिंहको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समितिको गठन गरिएको हो ।
सदस्यहरुमा डिजिटल संचारका दीपबहादुर घर्ती, रासस तथा नयाँ पत्रिकामा आबद्ध हेमन्त केसी, सगरमाथा टेलिभिजनका बद्री पन्त, चन्द्र केसी, रेडियो खलंगाका भरत शर्मा र सपना वली, रेडियो जाजरकोटका सरोज वली र नलगाड न्युजका नरेश राना रहेका छन् ।
‘प्राकृतिक, धार्मिक तथा सांस्कृतिक र ऐतिहासिक हिसाबले जाजरकोट जिल्लामा पर्यटनको अथाह संभावना भएपनि उचित प्रचार प्रसार हुन नसक्नु दुःखद पक्ष हो ।’ संयोजक सिंहले भने– ‘आगामी दिनमा पर्यटन पत्रकार संघले संस्थागत रुपमा जाजरकोटका संभावनाहरुलाई उजागर गर्ने गरी कलम चलाउने प्रयास गर्नेछ ।’

Leave a comment

Your email address will not be published.


*