20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटमा बि.पी. स्मृति भवन बन्ने भयो

        बद्री पन्त   |   प्रकाशित मितिः शनिबार, माघ ८, २०७३     1:08:17 PM  | 164 पटक पढिएको   |  

जाजरकोटः नेपाली काँगे्रस जाजरकोटले पार्टी कार्यालय तथा बि.पि स्मृति भवन निर्माण गर्ने भएको छ । भवन निर्माणका लागि थाप्लेमा विहिबार जग्गा उपलव्ध भएपछि भवन बन्ने भएको हो ।

लामो समय देखि सदरमुकाम भित्र भवन निर्माणका लागि  जग्गा खोजी गरिएको थियो । तर, उपयुक्त ठाउँमा  भवन निर्माणको लागि जग्गा उपलब्ध नभएको सभापति दिपक जंग शाहले बताउनु भयो । पिपलडाँडाका हरीजंग शाहको कोइरेलीमा रहेको जग्गा भिरालो तथा निर्माण सामग्री पुर्याउन कठिन रहेको र  भवनका लागि उपयुक्त नभएपछि माथेल्लो थाप्लेका महेश जंग शाहको ८ आना जग्गा २२ लाखमा किनेको शाहले बताउनु भयो ।

भवन निर्माणका लागि जग्गा प्राप्त भएको छ, अवको केहि दिन भित्रमा निर्माणको काम अगाडि बढ्ने शाहले बताउनुभयो । भवन निर्माणका लागि दुर्गम क्षेत्र विकास समितिको कार्यालयबाट ३२ लाख रकम उपलब्ध भएको सभापति शाहले बताउनु भएको छ । ‘भवन निर्माणको काम द्रुत गतिमा अगाडि बढ्छ’ शाहले भन्नु भयो- ‘यसका लागि आर्थिक संकलनको काम भइ रहेकोछ । दुई वर्ष भित्रमा नै भवन निर्माण गर्ने लक्ष्य छ ।’
भवन निर्माणको लागि काँग्रेसी हातहरुले सहयोग गर्न सकिने भवन निर्माण आर्थिक समिति संयोजक सर्वराज रावतले जानकारी दिनुभयो । भवन निर्माणका लागि काँग्रेसका क्रियाशिल कार्यकर्ता, शिक्षक संघ, महिला संघ, विद्यार्थी संघ, किसान संघ, तरुनदल लगाएत विभिन्न भातृसंघहरुले पनि आर्थिक सहयोग गर्न सकिने रावतको भनाई छ ।

भवन निर्माणका लागि २५ हजार भन्दा माथि आर्थिक सहयोग व्यक्ति तथा संस्थाको नाम शिलालेखमा उल्लेख गरिने संयोजक रावतले बताउनुभयाे ।

Leave a comment

Your email address will not be published.


*