24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

चपली हाइटका नायक घिमिरे माथि आक्रमण प्रयास

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः शनिबार, माघ ८, २०७३     12:13:16 PM  | 182 पटक पढिएको   |  

काठमाडौं: चपली हाइटका नायक राज घिमिरेमाथि गत मंगलबार मध्य रातमा उनकै घर गोदावरीमा हतियारधारी समुहले सांघातिक आक्रमणको प्रयास गरेका छन् ।

कामको शिलशिलामा घिमिरे बाहिर रहेको र घरमा घिमिरे नभएपछि परिवारका सदस्यमाथि आक्रमण गरि लुटपाट गरेको घिमिरेले जानकारी दिए । हतियारधारी समूहले उनकी आमामाथि आक्रमण गरि गहना समेत लुटेका छन् ।

बुधबार ललितपुर प्रहरीवृत सातदोबाटोमा ठाडो उजुरी दिएका घिमिरेले प्रहरीसंग आफु र आफ्नो परिवारको जिउधनको सुरक्षाको माग गरेका थिए भने सो घटना भएको दुईदिनपछि पुन ती आक्रमणकारीहरुले मध्यरातमा आएर ढुंगामुढा गरि गेट,पर्खाल भत्काएका छन् भने झ्यालका सिसाहरु फुटाईदिएका छन् ।

यसरी लगातार आफु र आफ्नो परिवारमाथि आक्रमण भईरहदा पनि दोषी भागीरहदा आफु निकै दुखि भएको घिमिरेले बताए ।“मैले न्याय पाउनुपर्छ समाजको लागि केहि गर्छु भनेर हिडेको मान्छेलाई राजनितिक आवरण भिरेर हिडेकाहरुले आक्रमण गरे ।” उनले भने,“राम्रो काम गर्नेलाई यो मुलुकमा स्थान नै छैन, तर एकदिन सत्यको नै जित हुन्छ ।” प्रहरी वृत्त प्रमुख रामेश्वर यादवका अनुसार घटनामा संलग्नहरुको पहिचान गरि छिट्टै नै कारवाहीको दायरामा ल्याइनेछ । उनले भने,“प्रहरीको अनसन्धान जारी छ ”

नायक घिमिरेका शुभचिन्तकहरुले पनि नायक राजको जिउधनको सुरक्षाको माग गर्दै विभिन्न निकायलाई ध्यानाकर्षण गराएका छन् । घिमिरे राजनितिकर्मी भएका हिसाबले अन्य पार्टीले अगाडी बढ्न नदिने र सिध्याउने उदेश्यले आक्रमणको प्रयास गरेको हुन सक्ने गोदावरीका एक स्थानियले बताए । यस अघि पटक पटक आफुलाई मार्ने धम्की समेत दिएको प्रहरीमा उनले लिखित निवेदन दिएका छन् ।

गोदावारी क्षेत्रमा आफूले गरेको सामाजिक क्रियाकालापका कारण आफ्नो बर्चश्व गुम्ने भयले स्थानीय राजनीतिक दलका नेताहरुको प्रभावमा परेर आफूलाई सिध्याउने प्रयास भईरहेको भन्दै उनले दुखेसो पोखेका छन् ।

यसअघि शरिर बन्धक र अपहरणको झुटो मुद्दा लगाई उनलाई फसाईएको थियो । तर, उनलाई अदालतले निर्दोष सावित गर्दै छाडिदिएको थियो । कलाकारीतासंगै समाजसेवा र राजनितिमा संलग्न घिमिरेले भुकम्पका समयमा पिडितको दुखमा मह्लम लगाउने काम गरेका थिए ।

Leave a comment

Your email address will not be published.


*