20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

गाविस स्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः शुक्रबार, माघ ७, २०७३     4:55:13 AM  | 94 पटक पढिएको   |  

पर्वतः स्थानीय शान्ति समिति तिलाहारको आयोजनामा गाविस स्तरीय प्रशिक्षण कार्यक्रम बुधवार सम्पन्न भएको छ ।

स्थानीय स्तरमा हुने गरेका सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्न चेतना दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम संचालन गरिएको स्थानीय शान्ति समितका सचिव किशोर सुवेदीले जानकारी दिए । त्यस्तै कार्यक्रममा बोल्दै समितिका संयोजक सोमलाल आचार्यले शान्ति स्थापनाका लागि सबैको भूमिका महत्वपूर्ण हुने भएकाले एकजुट हुन सबैलाइ अनुरोध गरे । कार्यक्रमको प्रशिक्षण शान्ति समितिका पूर्व संयोजक गोविन्द पहाडीले गरेका थिए भने कार्यक्रममा तिलाहार गाविस संयोजक नन्दलाल सुवेदीले अध्यक्षता ग्रहण गरेका थिए । त्यस्तै उक्त कार्यक्रमको संचालन विष्णु तिम्लसिनाले गरेका हुन् ।

Leave a comment

Your email address will not be published.


*