24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

लोप हुदै कोदो खेती, कृषकको आकर्षण घट्यो

        रामकृष्ण लामिछाने   |   प्रकाशित मितिः बिहिबार, माघ ६, २०७३     7:37:22 AM  | 159 पटक पढिएको   |  

पर्बत: पर्बतमा अहिले कृषकहरु खेती तर्फ भन्दा बजारीकरणमा लागेको पाईन्छ । पर्बतमा कोदो खेती गर्न छाडेर उनीहरु अहिले धान खेती गर्न बढी आर्कषित भएका छन् ।

कोदो खेती गर्दा लगानी नउठ्ने भएपछि उक्त खेतीमा आकर्षण घटेको पर्बतका कृषक रामप्रसाद लामिछाने बताउछन्  ।केही बर्ष अगाडी पर्बतको ज्ञादी कोदो उत्पादनमा आगाडी बढेको क्षेत्र हो । तर, अहिले पर्बतको ज्ञादीमा कोदोको भन्दा धान खेतीमा कृषकहरु आकर्षित भएको पाईन्छ ।

न्युन लगानी तर आम्दानी बढी भएका कारण धान खेतीमा कृषकहरु लागेको पाईएको जिल्ला कृषि बिकास कार्यलय पर्बतका बरिष्ठ कृषि बिकास अधिकृत बासुदेव रेग्मीको भनाई  छ । पर्बतमा प्रधानमन्त्री कृषी आधुनिकरण कार्यक्रममा पनि कृषकहरुलाई कोदो खेती तर्फ समेट्नु पर्ने गुनासो पर्बतका कृषकहरुले राख्दै आएका छन । देश तथा बिदेशका बिबिध तारे होटलहरुमा कोदोको माग हुदै आए पनि प्रयाप्त मात्रमा नपाईएकोमा दुःख ब्यक्त्त गर्छिन्- लामो समय सम्म कोदो खेती गर्दै आएकी फलामखानी, पर्बतकी नन्दकली रसाईली।
यसरी देशको शान र उत्पादनमा चिनिने कोदो खेती लोप हुदै जानु दुःखको विषय हो । पोषणका हिसाबले महत्वपूर्ण मानिने कोदोको खेतीमा कृषकहरूको दिनहुँ आकर्षण घट्नु र सरकारी पक्षबाट यसको संरक्षण तथा प्रोत्साहन नहुनुले कोदो खेती लोप हुने त होइन ? यसबारे सम्पूर्ण सरोकारवालाहरूको समयमै ध्यान जानु जरूरी छ ।

Leave a comment

Your email address will not be published.


*