20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

शिक्षकले राजनीति गर्न पाउनुपर्छ’

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, माघ ६, २०७३     6:53:01 AM  | 122 पटक पढिएको   |  

काठमाडाैंः नेपाल शिक्षक महासङ्घले शिक्षकले राजनीतिक दलको सदस्य हुन नपाउने कानुनी व्यवस्था हटाउन माग गरेको छ। शिक्षामन्त्री धनीराम पौडेललाई बुधबार शिक्षा मन्त्रालयमा ज्ञापनपत्र बुझाउँदै महासङ्घले शिक्षकलाई राजनीतिक दलको सदस्यता लिएमा अवकाश दिने र शिक्षा विभागबाट सोझै शिक्षकको सरुवा गर्न सक्ने जस्ता प्रावधान शिक्षा नियमावलीमा नल्याउन आग्रह गरेको हो।

विगतमा सहमति भएका पेसागत हितका विषय सम्बोधन गर्न पनि माग गरिएको महासङ्घका महासचिव तिलक कुँवरले जानकारी दिए।

शिक्षा ऐन (आठौं संशोधन), २०७३ मा शिक्षकले राजनीतिक दलको कुनै समितिको सदस्य बन्न नपाउने व्यवस्थासहित कार्यान्वयनका लागि नयाँ नियमावली जारी हुने तयारीमा छ। महासङ्घका अध्यक्ष केशव निरौलाको नेतृत्वको प्रतिनिधिमण्डलले दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री पौडेलले शिक्षकका माग र सरोकारप्रति मन्त्रालय सकारात्मक रहेको बताएका थिए।

Leave a comment

Your email address will not be published.


*