24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

माघ २२ देखि प्रिपेड मोवाइलमा पनि फोरजी

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, माघ ५, २०७३     2:05:08 PM  | 250 पटक पढिएको   |  

काठमाडौं: नेपाल टेलिकमले माघ २२ गतेदेखि प्रिपेड मोवाइलमा पनि चौथो पुस्ता (फोरजी) सेवा सञ्चालनमा ल्याउने भएको छ ।
पुस १७ गतेदेखि काठमाडौं र पोखरा सीमित क्षेत्रमा सफ्ट लञ्च गरेको टेलिकमले वार्षिकोत्वसको अवसर पारेर प्रिपेडमा पनि फोरजी सेवा दिन लागेको हो । प्रिपेडमा पनि फोरजी सेवा दिनका लागि काम भइरहेको टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले बताइन् ।

व्यवस्थापिका–संसद्को विकास समिति बैठकमा राजभण्डारीले पोष्टपेडमा दिएको सेवा अब प्रिपेडमा दिने गरी काम अघि बढेको जानकारी दिइन् । उनले पुराना प्रविधि विस्थापन गरेर नयाँ प्रविधि जडानको काम भइरहेको बैठकलाई जानकारी गराइन् ।

नेपाल टेलिकमले देशभरी १ हजार किलोमिटर लामो अप्टिकल फाइबर विस्तारको काम थाल्ने उनले बताइन् । यस्तै टेलिकमले ७५ जिल्ला सदरमुकाममा तेस्रो पुस्ता (थ्रीजी) सेवा पनि पुर्याइसकेको जानकारी दिइन् ।

अप्टिकल फाइबर सेवा नपुग्ने ठाउँमा भिस्याट प्रविधिबाट मोवाइल तथा इन्टरनेट सेवा दिने राजभण्डारीले जानकारी दिइन् ।
टेलिकमले सेवा विस्तारमा जोड दिएको बताउँदै दुर्गम क्षेत्रमा भौगोलिक कारणले गर्दा मोवाइल सेवा विस्तारमा ढिलाइ हुन गएको राजभण्डारीको बताइन् ।
सो अवसरमा सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रबहादुर गुरुङले दुरसञ्चार सेवा सस्तो हुँदै गए पनि भरपर्दो र गुणस्तरिय अझै हुन नसकेको स्वीकारे । ग्राहकको कलड्रप भएमा सम्बन्धित ग्राहकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।

Leave a comment

Your email address will not be published.


*