20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

जाजरकोटमा केन्द्रीय विद्युत पुग्यो

बुधबारबाट परिक्षण प्रसारण हुने

        सुरेन्द्र सिंह   |   प्रकाशित मितिः बुधबार, माघ ५, २०७३     9:49:44 AM  | 396 पटक पढिएको   |  

जाजरकोट: लामो समयको प्रतिक्षा पछि जाजरकोटबासीको केन्द्रीय विद्युत बाल्ने धोको पुरा भएको छ । नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण शाखाले सुर्खेतको राकमबाट जाजरकोटको कुदुसम्म विद्युत लाईन विस्तार गरेसँगै जाजरकोटबासीको केन्द्रीय विद्युत्त बाल्ने सपना साकार भएको हो ।
३३ केभि क्षमताको राकम-कुदु  प्रसारण लाईन बुधबार परिक्षण प्रसारणका रुपमा परिक्षण गरिने वितरण केन्द्र सुर्खेतका प्रमुख ईन्जिनियर दिपकजंग चौधरीले जानकारी दिए । जडान गरिएका विद्युतको सम्पूर्ण प्रणाली परिक्षण गरे पश्चात ३३ केभि क्षमतालाई ११ केभि मा घटार्ईनेछ ।

परिक्षण प्रसारण पछि भेरीमालिका नगरपालिका १३ को कुदु, भेरीमालिका नगरपालिका १० को भुरचौर र रुकुमको चौरजहारीका स्थानीयले केन्द्रिय विद्युत्त बाल्न पाउने छन् ।

लाईन विस्तार गर्ने क्रममा विभिन्न विवादहरुको सामना गर्नुपरेकोले स्थानीयलाई विद्युत्त बाल्न ढिलाई भएको प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बताए । विवादहरु समाधान गर्न जिल्लामा पटक पटक सर्वदलिय तथा सर्वपक्षिय बैठकहरु गर्नुपरेको प्रजिअ गौतमको भनाई छ ।
बुधबार देखि जिल्लामा केन्द्रीय लाईन परिक्षण प्रसारणका रुपमा बल्ने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । ‘ढिलै भएपनि केन्द्रिय लाईन बाल्न पाउने भएपछि निकै खुसी लागेको छ’ भेरीमालिका नगरपालिका १३ कुदुका स्थानीय बासुदेव शर्माले खुसी ब्यक्त गरे– ‘केन्द्रिय लाईन जिल्लाका अन्य दुर्गम भेकमा पनि विस्तार गर्न सके जाजरकोटबासीको उज्यालोमा बस्न पाउने सपना साकार हुने थियो ।’
महसुल तिर्न सास्ती हुने
यसै बीच नेपाल विद्युत्त प्राधिकरण मार्फत वितरित विद्युत्त उपभोग गर्ने उपभोक्तालाई विजुलीको महसुल तिर्न सास्ती हुने भएको छ ।
केन्द्रीय विद्युत्त प्रसारण पुगेपनि महसुल बुझ्न प्राधिकरणको काउन्टर जाजरकोटमा स्थापनाका लागि कुनै पहल नहुदा उपभोक्ताले सास्ती खेप्नुपर्ने भएको हो ।

जाजरकोटमा महसुल काउन्टर नभएपछि यहाँका उपभोक्ताले सल्यानको सल्लीबजार स्थित प्राधिकरणको घुम्ति काउन्टरमा पुगेर महसुल बुझाउनुपर्नेछ । र, सल्लीबजारको काउन्टर प्रत्येक महिनाको ८, ९ र १० गते मात्रै खुल्ने ईन्जिनियर चौधरीले जानकारी दिए ।

बुधबारबाटै परिक्षण प्रसारण हुने रुकुमको सदरमुकाममा प्राधिकरणले यस अघि नै शाखा कार्यालय स्थापना गरेपनि जाजरकोटमा भने कार्यालय व्यवस्थापन गरिएको छैन । कार्यालय स्थापना गर्दा प्राधिकरणको पहल मात्रै नभएर राजनैतिक तवरबाट नै विशेष पहल गरिनुपर्ने ईन्जिनियर चौधरीको भनाई छ ।

Leave a comment

Your email address will not be published.


*