22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

नेपाल पारा भेटेनरी जाजरकोटको अध्यक्षमा राना

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बुधबार, माघ ५, २०७३     5:13:04 AM  | 176 पटक पढिएको   |  

para-vet

खलंगाः नेपाल पारा भेटेनरी एन्ड लाइभ स्टक एशोसियसन जाजरकोटको ९औं जिल्ला अधिवेशन सोमवार सम्पन्न भएको छ । सदरमुका खलंगामा भएको अधिवेशनले तिलक वहादुर रानाको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो ।
समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा भुपेन्द्र पुन , सचिवमा दल वहादुर वाठा , कोषाध्यक्षमा जयन्ती नेपाली सह सचिवमा भिम प्रकास के सी , सदस्यमा दिप वहादुर भारती , ललित चन्द , अर्जुन खड्का पान सरा वि .क रहेका छन ।

यस्तै केन्द्रिय प्रतिनिधिमा रत्न वहादुर डाँगी, उदय लाल खत्री , गणेश वहादुर रावत सहित ५ जनालाई चयन गरिएको छ ।
नव निर्वाचित कार्यसमितिका अध्यक्ष रानाले जाजरकोटमा पारा भेटेनरीको विकासका लागि आफुहरु क्रियाशिल भएर लागि पर्ने प्रतिवद्धता जनाएका छन् ।

Leave a comment

Your email address will not be published.


*