20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

वन किसानलाई तालिम

        माया पन्त   |   प्रकाशित मितिः मङ्लबार, माघ ४, २०७३     4:46:42 PM  | 129 पटक पढिएको   |  

जाजरकोट : जिल्ला वन कार्यालयको आयोजनमा कवुलियती वन किसानलाई एक दिने तालिम दिइएको छ । किसानलाई जडीवुटी गैर काष्ठ वन पैदावार विरुवा खेती विस्तार तथा व्यवस्थापन सम्वन्धीत क्षेमता अभिबृद्धि गर्न र उपलब्धीमुलक बनाउन सम्बन्धित उपभोक्तालाई तालिम दिइएको हो ।
कवुलियती वनमा आवद्ध रहेका गरीब तथा विपन्न परिवारको जीवन स्तरमा आय आर्जनका क्रियाकलाप सन्चालन गरेर उनीहरुको जीवन स्तरमा परिवर्तन गर्ने गरी कार्यक्रम सन्चालन हुदै आएको छ । तालिममा लहँ, सक्ला, खगेनकोट, डाडागाउँ, रोकायगाउँ, नायकवाडा, दह, कोताङ्ग, साल्मा, मजकोट गाविसका कवुलियती वनमा आवद्ध २० जना किसान तालिम सहभागि रहेका छन् । तालिमको सहजीकरण सहायक वन अधिकृत नेपाली साहले गरेका छन् ।
जिल्लामा १ लाख २९ हजार १ सय २१ हेक्टर वन क्षेत्र रहेको छ । जस्मा सामुदायिक वन २ सय ६५, कवुलियती वन ६७, निजी वन १ वटा रहेका छन् । सामुदायिक वन, कवुलियती वन ३६ हजार हेक्टर तथा ९४ हजार हेक्टर राष्ट्रिय रहेको छ

Leave a comment

Your email address will not be published.


*