22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

जाजरकोट मालिकाबाट हेर्नुहोस्, मनछुने यस्ता दृष्यहरू (फोटो फिचर)

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः मङ्लबार, माघ ४, २०७३     1:23:15 PM  | 1338 पटक पढिएको   |  

जाजरकोट सदरमुकाम खलंगाको शीरमा रहेको मालिका भगवती मन्दिर धार्मिक पर्यटनका हिसाबले महत्वपूर्ण रहेको छ ।  प्रत्येक शनिबार यो मन्दिरमा स्थानीय भक्तजनहरु केही मात्रामा पुग्ने गरेपनि उचित प्रचार र प्रसारका अभावले ओझेलमा परेको छ ।

मालिका भगवती मन्दिरबाट देखिने रुकुम, सल्यान, रोल्पा सम्मका पहाडी दृष्य तथा उत्तर पुर्वमा रुकुम र डोल्पाको सिमानामा अवस्थित सिस्ने हिमालको मनमोहक दृष्यले जोकोहीको मन बहलाउछ ।

त्यस्तै त्यहाँबाट देखिने सदरमुकाम खलंगा, भेरी नदी, सल्यानको कुमाख लेकको दृष्यले पनि प्राकृतिक वातावरणमा रमाउने जोकोहीको मनमा शितला र शान्तिको महसुस गराउँछ ।

सल्ला र सालका रुखहरुले बनेको जंगलको काखमा रहेको मालिका भगवती हाल सैनिक क्षेत्र भित्र रहेपनि सर्वसाधारणको लागि सँधै खुला छ ।

  

Leave a comment

Your email address will not be published.


*