24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

जाजरकोट खलंगामा अब २२ घन्टा विजुली

          |   प्रकाशित मितिः सोमवार, माघ ३, २०७३     5:49:41 PM  | 370 पटक पढिएको   |  

जाजरकोटः साङ्गटा रिसाङ्ग खोला लघु जलविद्युत्त आयोजनाले जाजरकोट सदरमुकाम खलंगामा आपुर्ति गर्दै आएको विद्युत्त आपुर्तिको समयावधि ३ घन्टाले बृद्धि गरेको छ ।
आयोजनाका प्रबन्ध निर्देशक भोजेन्द्र मल्लले हस्ताक्षर गरी सार्वजनिक गरेको सुचना अनुसार आजबाट लागू हुने गरी नयाँ समय तालिका ल्याइएको हो । तालिका अुनसार बिहान १० देखि बेलुकी ५ बजे सम्म र साँझ ६ बजे देखि बिहान ९ बजे सम्म विद्युत्त आपुर्ति हुने गरी साविकको समयमा ३ घन्टा थप गरेको जनाइएको छ ।
यस अघि १९ घन्टा विद्युत्त आपुर्ति हुदै आएकोमा अब २२ घन्टा विद्युत्त आपुर्ति हुनेहुदा उपभोक्तालाई आफुखुसी विद्युत्त पोलमा नचढ्न आग्रह गरिएको छ । जथाभावि पोलमा चढ्ने हुनेजोखिम प्रति आयोजन जवाफ देही नहुने समेत जानकारी गरिएको छ । आयोजनाले यस्तो निर्णय गरेपछि उपभोक्ताहरूले खुशी ब्यक्त गरेका छन् ।

(२०७३ माघ ३ गते ९ः२५ मा अद्यावधिक गरिएको)

Leave a comment

Your email address will not be published.


*