22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

प्रतिबन्धित तीन किलो पाँचऔले सहित १ जना पक्राउ

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, माघ २, २०७३     7:57:40 PM  | 180 पटक पढिएको   |  

Panche aaule

खलंगाः जाजरकोटको खगेनकोटमा एक व्यक्ति ३ किलो प्रतिबन्धित जडिबुटि पाँचऔले सहित पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय दल्लीबाट खटेको प्रहरी टोलिले सो जडिबुटि बरामद गरेको हो ।

खगेनकोटको मैदे प्रहरी चेक प्वाईन्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा रग्दा देखि रिम्ना आउदैगरेको भे. १ ज. ५७६ नम्बरको यात्रुबाहक जिपमा रहेका डोल्पा जिल्लाका नर्कु १ मा बस्ने ६७ बर्षिय नाम बहादुर बोहराको झोलाबाट जडिबुटि बरामत गरेको प्रहरीले जानकारी दिएको छ। विक्रिवितरणका लागि नेपालगञ्ज तर्फ लिनलागेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

पाँचऔले सहित नाम बहादुर बोहरालाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालयमा बुझाइएको छ ।

 

Leave a comment

Your email address will not be published.


*