18 October 2017|   बुधबार, कार्तिक १, २०७४

मेरो बेरोजगार भाई

        भौतिक मल्ल ‘जंगली’   |   प्रकाशित मितिः शुक्रबार, पुस २९, २०७३     10:11:36 PM  | 998 पटक पढिएको   |  

समयले एकपछि अर्काे प्रहारहरु थपिरहेको छ । मानौँ, पुस–माघमा लाग्ने नेपालगन्जको हुस्सु अनि बैशाख जेठको गर्मी साउन, भदौमा झर्ने झरी र चैत–बैशाखमा लाग्ने हुरी बतास मेरै लागि लागेका हुन । कान्जीरोवाको हिउपहिरो पनि मेरै हो । रेगिस्तानमा उडेको बालुवा र जापानी समुन्द्री बडवानाल मेरै लागि आएको हो । परिस्थितिको नुन चुक र भोगाइको घाउले मनलाई थिलथिलो बनाउदै गइरहेको छ । कहिले काँही यस्तो पागल बन्न लाग्छ । दुनियाँको नमुना पागल । जो कि मुलुककै अगाडी धीत मरुन्जेल रोइदिउँ । र हाँसीदिउँ, मजा लिउन् सबले एकएक गरी । मन हो, कहिलेकाँही हदै सम्हालि नसक्नुको हुन्छ ।
प्लस टुको पढाइ सकेपछि भाइको चाहानामा एकाएक परिवर्तन आयो । दाई, म राम्रो बिषय लगेर पढन चाहान्थे । तर, आर्थिक अवस्था कमजोर भएकोले के गर्ने कति ऋण लगाएर पढनु । अब कतै जान्छु ? उसको प्रश्नले मनमा बाडी ल्याइदियो । उसको ध्याउन्न कमाउनको लागि हुनुपर्छ । सोचेँ, फ्यासिलिटि पुगेन होला ।
गफ दिइरहेको छ केटोले ! बुवालाई सुनाइदिनु भनेर संकेत गरेको पनिहुन सक्छ । आफु जेठो हुनुको नाताले भाइहरुका हर सपनाहरु पुरा गरिदिनु मेरा लागि कर्तव्य थियो । भाइको यो कुरासंगै मनमा बिभिन्न प्रकारका तरंगहरु छाल हान्न थाले । हुनत भाइका जस्तै मेरा पनि थुप्रै रहरहरु छन । तैपनि रहका बिस्कुन छरपस्टै छोडी परस्थीतीले नरकीय यात्रा गराएको छ । धेरै बर्ष अघिदेखी निलो आकाशमा सपनाका चंगाहरु उडाउदै बाध्यताको कारागारमा कैद भएको छु ।

कमजोर घरको बिरासतले तितर बितर बनाएका आँकाक्षा र इच्छाका भुवाँहरुलाई समेटदै मौरी बन्न खोजेका मेरा परिवारका कथालिलाहरुलाई माला गाँस्नु छ । यहि मालाको पेरी फेरीमा फेरी बिच्ेछद भएका आफन्तहरुलाई उन्नु छ एकपटक र बनाउनु छ मौरीले झैँ मह । कस्तो हुन्छ अबिभावकहुनुको पिडा मन झसगं भयो ! मोबाइल झिकेँ बुवाको फोटो हेरेँ । मेरो सपना पढने हो जसरी पनि पुरा गर्नु छ । भाइका बचनहरुले कानलाई बेस्कन हल्लाइरहेका छन । हुनत अरु जस्तै कहिल्यै बन्न चाहेन भाई अरु जस्तै फयासलिटीमा कहिल्यै रमाउन चाहेन ।

थुप्रै रहरहरुलाई बन्धकी राखेर परीवारको अनुसासनमा हिडिरहयो । तै पनि कहिले काँही आउने हावाको झोक्काले मनलाई नराम्ररी तर्साइदिन्छ यार । आज दिउसैँ मन तर्सिएको छ । आफनाथुप्रै समास्याहरुको बिचमा पनि भाइलाई भनिदिएँ भन न के पढछस सब पुरा गर्छु हर सपनाहरु एक एक पुरा गर्छु । तेरा इच्छा र आकाँक्षाहरु लाइ साकार पार्छु । यो मेरो प्रतिबद्धता हो । मनमनै सोचेँ भाइका एकएक चाहानाहरु जिवन्त बनेर बडेका छन । उमेरअनुसार आकाँक्षाहरु बडनु स्वभावीक छ । उमेरले लक्का जवान भाई देख्दै रहर लाग्दो पनि छ । मान्छे जस्तै उसका इच्छा आकाँक्षाहरु पनि रहर लाग्दा छन ।

मेरोभाइ सपना बिनाको जिन्दगी बास्तवीक जिन्दगी रहन सक्दैन । बुझी राख कारण बस सपनाको हत्याहुनु भनेको जीवनकै हत्या हुनु हो । कोही अबिभावकले आफना सन्तानका सपनाहरु हत्या हुन दिदैनन । भन जिवनका एकएक अस्थीपन्जरहरु लिलाम गरेर भएपनि पुरा गर्छु तेरा सपनाहरु । मँसंग भएका चाहानाका पर्खालहरुलाई सिमाभित्र र्कैद गरेर भएपनि तेरा सपनाहरुलाई जिबन्त गरेरै छाडछु यो मेरो बाचा हो ।
राजनितीको रंगले धमिलो बनाइदिएको जिन्दगीको झोलाबोकी घरी पुर्व घरी पश्चिमगर्दै उमेरले नेटो काटिसकेको छ । उपलब्धीको हिसाबले शुन्य मानसिक्ताबाहेक अरु केहि साथमा अटाउन सकेका छैनन । पोल्टामा निरस जिवनका अनुभुतिहरु बाहेक अरु छैनन । कुराले खाना पाक्ने बिज्ञानको अबिस्कार पनि भएको देखीदैन । काम गरेर खाने मानसीक्तामा दुरी बडीसकेको छ । भाग्यको डोकोमा दुधकहिल्यै अटाएन । र जिन्दगी नास्तीक भएर खुम्चीसकेको छ ।

कुनै बाटोमा हिड्दै गर्दा मन्दिरहरु देख्दा आफैलाई कुनै नाटक घर देखेको अनुभुती हुन्छ । सायद भोगाइका यी बसन्तहरुले गराएको अनुभुती हुनसक्छ । यहि अनुभुतीको जँघार उभिएको छु यसपाली । यो साल कर्णाली जस्तै अनुभुतीहरुले पनि खुब फन्को मारीरहेका छन । घुमीरहेका छन एकहुल जिन्दगीका मधुरसहरु सपनाका इन्द्रेणी लागिरहेको छ ।

यो उमेर सम्मा आइपुग्दा सोचाइको प्राणघातक क्यान्सरले शरीर थिलाथिला भैसकेको छ । अनुभुतीको भाइरल ज्वरो शरीरमा कहिल्यै खाली भएन । त्यही अनुभुतीको १०४ डिग्रीको ज्वरोले तताइरहेको हुन्छ हरबखत । निकम्मा राज्यले याुवाहरुलाई निशुल्क खाडीमा बेचीरहेको छ । म तँलाई खाडीमा बेच्न पनि चाहान्न । तर स्वदेशमा अटाउने रोजगारी पनि त छैन । जागीर खानालाई बाउबाजे नेता वा ।राज्यको ठुलै ओहोदामा भएको हुनु पर्ने प्राबधान छ मेरो देशमा मान्छे योग्य हुँदाहुँदै कुनै पार्टीको कार्यकतामा नाम दाखील भएको हुनु पार्ने प्रणाली छ । जवानी बेच्नपनि कसैको खुरापाती चाकडी र चाप्लुसीमा डिग्री गर्नु छ ,। खेति गरेर खानालाई पनि उपयुक्त जमिन छैन कति मुश्कील छ जिन्दगी धान्न ?
कुनै नेताका कुरा सुन्दा लाग्छ उसलाई परिवार नियोजनको बैकल्पीक साधनको खाँचो छ । बजारमा प्यान्थरहरुको अभाव छ । र उ दिल खुलेर आश्वासन बाँडीरहेको छ । कुनै बेला राजनीतीले भुक्तत भोगी बनाएको म अहिले स्वतन्त्रताको स्वाग फेरीरहेको हुन्छु । चिया जस्तै जिन्दगीको आयु पनि बिस्तारै कम हुँदैछ । मानौँ गफ सकिएका छैनन । कुनैबेला राजनीतीको प्यानथरले नराम्रैसंग जिवन बर्वाद गरीएको त्यो उर्जावान समयको म कल्पना गर्न सक्दीन । जिवनको उतराद्र्धमाआउदा साथमा लामालामा कथा जस्तै लाग्ने अनुभुतीका चाङ्गहरु बाहेक अरु बाँकी रहेनन । बथानका बथान मुर्खहरु यहि राजधानीको रमझममा हराइरहेका छन । मानौँ उनिहहरु कसैका लागि कसैको सिँडी बन्नुको बिकल्प छैन । मपनि त्यही सिंडी बन्नु जो छ ।

प्रियभाई,  देश बनाउनेहरुको हबिगतले हामीलाई यो हालतमा पुर्याएको दृष्टान्त खोज्न टाढा जानै पर्दैन । आजहामी जस्ता युवाहरु जुन ठाँउ उभिएर कालीदास र रत्नकर जस्तै बन्नु परीरहेको छ । बाल्मीकी बनाउने चासो र चिन्ता राज्यको कहिल्यै भएन ।एकोहोरो अबिभिावकले त्यो संभब थिएन ।

धेरै समय पछि भाइका एकहुल प्रश्नाले फेरी पनि गम्भीर बनाएको छ । बथानका बथान सपनाहरु कसैले भरीदिएको हावाको भरमा उडेका बेलुन जस्तै आकाशमा निश्फीक्री उडिरहेका छन । थाह छैन अर्कैले भरीदिएको बेलुनको अस्तीत्व कति र कहाँ सम्मा हुन्छ आज सपनाहरुको अनुभुतीको रँग पनि त्यसरी नै माथी माथी फन्को मारीरहको छ ।
भाइलाई पढाउनको लागि चाइन पठाउने निधो गरें । जस्तो सुकै ऋणको भारी बोकेर भएपनि चाइना पढाउने सपनातिर उन्मुख भएँ । मलाई थाह थियो योजना नै सबै थोक हो । जव योजना बनाएर लागि परिन्छ मान्छे सफल हुन्छ । योजना बिनाको जिवन कसरी सार्थक हुनसक्छ ? भन्ने मान्यता राख्दै बिस्तारै योजना सफलपार्ने ध्याउन्नतिर उन्मुख भएँ । प्रयास अनबरत गरेँ । जसरी हुन्छ योजनाको झोलीझयाम्टी बोकेर राजधानी छिरेँ । रँगहिन बाग्मतीको पानीलाई हिल्लामे र धुल्लाम्मे बनाइसकेको यो शहर छिर्नुको उद्देश्य थियो भाइलाई पढाउने । र आफु क्रियाटिभ हुने ।

सपनाका ताजमहल ठडायाउदै राजधानी छिरेँ । राजधानी हामीले सोचे जस्तो शहर थिएन । यहाँ मान्छेको रामलिला बिक्री हुन्थ्यो । चाकडी चाप्लुसी ,खुरापात सबै सबै एकएक बिक्री हुन्थ्यो । इमान्दारीतामा बर्खिलाप गर्ने यो शहरमा इमान्दार भएर बाँच्न कठिन थियो । गिद्ध काग स्यालहरु र ब्याँसाहरुको चरत्रि बोकेका मनुवाहरुको एकछत्र रजाँइ भएको यो शहरमा हामी निमुखाहरुको केहि लाग्दैनथियो ।

गरीबका नाममा बनेका संघसंस्थाहरुको कृत्रिम अभिनयमा धेरै दिन भौतारीए अँह केही लागेन गबिहरुको फोटा र औकात बेचेर खाने डलरेहरुले बास्तवीक गरीबहरुलाई कहाँ चिन्थे र । गरिबका नाममा ठुला ठुला पाँच तारे होटेलमा कार्यक्रम गरेर बास्तवीकब गरीबको खिल्ली उडाउने दलाल संघ संस्थाका ब्याँसाहरुले हामी बास्तवीक गरीब हरुलाई के देख्थे र ? यसो त राज्यको पोलीसी पनि त्यही अनुरुपको दलालमुखी नै छ । यसमा कसैले दुइमत राख्नु बेकार हुन्छ ।

दिनदाहाडै कानुनी राज्यलाई पहरा दिइरहेका बिधीगत हिसावले दक्ष युवाहरु बेच्ने कन्सलीटेन्ट बाहेक अरु बिकल्प रहेन । बिकल्पमा एउटा कन्सलीटेन्ट मार्फत पठाउने ठोस निश्कर्षमा पुगेँ । कन्सली टेन्टको मालीक चिनेकै साथी थियो । तर उसले गल्र्यामै पार्ला भन्ने कहिल्यै सोचिन । दलालहरुको हालीमुहाली शहरको भिडमा साथी नामको खोल ओडेको एउटा होनाहार दालालको पन्जामा परीयो । सोचे भन्दा केहि रकम बढी खर्च गरेर भाइलाई पठाउन सफल भइयो । जेनतेन एउटा चाहानाको पहाड चडियो तर पहाड चढीसकेपछिको चुनौतिको बिषयमा अनबिज्ञ रहदैँ । थाह छैन भाइ उता गएर के गर्ने हो ?

सोचीरहेको छु, भाइलाई पढाएर पनि बेचिनु पर्ने अन्तत: खाडीमै हो । लागिरहेको छ मेरो देशले खाडी मुलुकको लागि युवाहरु जन्माइरहेछ । हुनत म पनि यहि सडकमा बेरोजगार बेजोग अबस्थामा हिडीरहेको हुन्छु । मलाइ मेरो भन्दापनि मेरो भाइहरुको चिन्ताले हरबखत सताइरहेको हुन्छ । म जस्तै मेरा भाइहरुले पनि यहि सडकमा लम्पसार भएर जिन्दगी बिताउनु पर्ने स्थीती आउने हो भने हामी सचेत अबिभावक हुनको औचित्य हुनेछैन ।

सँधै खाडीमा बेचीनु पर्ने परीबेश रहीरहने हो भने मुलुक कुन हालतमा पुग्ला देश रहलाका की नरहला ? र हामी रहुँलाकी नरहुँला ? युवाहरुको काँधमा गम्भीर प्रश्न चिन्ह खडा भएको छ । तनाम भाइहरु त्रिभुवन बिमान स्थलको गेटमा लाइनमा छन । लागि रहेछ उनिहरुलाई जिवनको उप्रान्त नयाँ पाठ पढन अन्त कतै जानुछ । नेपाल त हामी जस्तै बेरोजगार युवाहरु जन्माउने बिशाल कारखाना न हो ।

2 Comments on मेरो बेरोजगार भाई

  1. त्यस्ता होनहार दलालहरूको जन्मकुण्डली निकाल्ने प्रयास गरौं हिसाब किताब गर्नै पर्छ ।

  2. real story…..like it

Leave a comment

Your email address will not be published.


*