21 September 2017|   बिहिबार, अशोज ५, २०७४

समाचार प्रभाव: अस्पतालले माग्यो बिरामीसँग माफी

          |   प्रकाशित मितिः बिहिबार, पुस २८, २०७३     9:48:27 PM  | 10824 पटक पढिएको   |  

काठमाडौः नेपालको चर्चित औद्योगिक घराना चौधरी ग्रुपको लगानी रहेको नर्भिक इन्टरनेशनल हस्पिटल, थापाथलीमा उपचाररत जाजरकोटका विरामी देव बहादुर ठकुरीसंग अस्पताल प्रशासनले माफी मागेको छ । घुँडा दुखेको सानो समस्या लिएर उपचार गाराउन काठमाण्डौ आएका ठकुरी साढे दुई महिनादेखी नर्भिक अस्पतालको २३० नम्वर शैयामा उपचारत छन् ।

डाक्टरको सल्लाह अनुसार सामान्य विरामी ठकुरीले घुंडाको अप्रेशन गरे । जसले गर्दा उनी अहिले उपचारका लागि हार गुहार  गर्दैछन् । तिनै बिरामी ठकुरीलाई १२ लाख भन्दा बढी खर्च भैसकेपछि र गोडा क्षत विच्छेद भएपछि सोही अस्पतालका डाक्टरले अस्पताल छाड्न दवाब दिएको समाचार इखबर लगायतका संचारमाध्यमहरूमा प्रकाशन भएको थियो ।

समाचार प्रकाशन भएपछि अस्पताल प्रशासनले विरामी ठकुरीलाई भेटेर माफी माग्दै आगामी दिनमा राम्रो उपचारको प्रतिवद्धता जनाएको विरामी ठकुरीले जानकारी दिएका छन् । विहिबार प्रशासनको आकस्मिक बैठक बसि ठकुरीको उपचारमा एउटा टिम बनाएर उपचार गर्ने नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्र सिंहले जानकारी दिए  ।

निर्देशक सिंहले मेडिकल संयोजक सहितको एउटा टिम बनाई विरामीको उपचार गर्न निर्देश दिएका हुन् । बैठकमा निर्देशक सिंहले आफ्नो अस्पतालमा भएको लापरबाहीको उजागर गरि सचेत गराईको नेपालपाटी डट कम लाई धन्यवाद दिए । साथै बिरामी ठकुरीले पनि आफ्नो अवस्थाको बारेमा अस्पताल प्रशासनलाई सचेत गराएको नेपालपाटीलाई धन्यवाद दिएका छन् ।

यस्तो थियो समाचार:

नर्भिक अस्पतालले सर्वस्व लुट्योः उपचार सफल भएन

Leave a comment

Your email address will not be published.


*