21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

अर्छानी गाविसको बजेट ३५ लाख

        रमेश बस्नेत   |   प्रकाशित मितिः बिहिबार, पुस २८, २०७३     5:47:07 PM  | 124 पटक पढिएको   |  

जाजरकोटः अर्छानी गाउँ विकास समितिको गाउँ परिषद् सम्पन्न भएको छ । बिहीबार गाविस सचिव सत्यदेव खनालको अध्यक्षतामा सम्पन्न भएको गाउँ परिषद् कुल ४९ लाख २० हजार रकम विनियोजन गरेको छ ।
परिषद्ले चालु तर्फ ४ लाख २० हजार र पँजीगत तर्फ ३५ लाख रकम विनियोजन गरेको हो । त्यस्तै कुल बजेटको १५ प्रतिशत रकम लक्षित समुदायको लागि विनियोजन गरिएको छ । सचिव खनालले गत वर्षको बजेटको समीक्षा गर्दै आर्थिक वर्ष २०७३÷०७४ को प्रस्तावित कार्यक्रम विनियोजन गरेका हुन् ।
परिषद्मा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक अगुवा, आमा समुह, बुद्धीजीवी, सुरक्षाकर्मी, संचारकर्मी लगायत २ सय बढी स्थानीयको सहभागिता रहेको थियो ।

Leave a comment

Your email address will not be published.


*