21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

स्थानीय निकाय कर्मचारी संघ जाजरकोटको अध्यक्षमा आरसी

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, पुस २८, २०७३     12:25:10 PM  | 378 पटक पढिएको   |  

स्थानीय निकाय कर्मचारी संघ जाजरकोटको दोस्रो अधिवेशनबाट अध्यक्षमा गंग विवश आरसी निर्वाचित भएका छन् ।
शुक्रबार जिल्ला विकास समितिमा सम्पन्न भएको दोस्रो अधिवेशनबाट उपाध्यक्षमा मोहन खड्का (जिल्ला प्राविधिक कार्यालय), सचिवमा केदार बहादुर कार्की (भेरीमालिका नगरपालिका), कोषाध्यक्षमा धनसरा राना (जिविस), सहसचिवमा ऐन बहादुर शाही (शिवालय गाउँपालिका) चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा प्रेम बहादुर कार्की (जुनीचाँदे विशेष गाउँपालिका), दिप बहादुर विष्ट (कुशे विशेष गाउँपालिका), विन बहादुर शाह (बारेकोट विशेष गाउँपालिका), गगन बहादुर राना (नलगाड नगरपालिका), लक्ष्मी प्रसाद शर्मा (छेडागाड नगरपालिका), नर बहादुर नेपाली (शिवालय गाउँपालिका), भारती शाह (महिला), कालो चन्द (जिविस) चयन भएको नवनिर्वाचित समितिका अध्यक्ष आरसीले जानकारी दिए ।

Leave a comment

Your email address will not be published.


*