24 November 2017|   शुक्रबार, मंसिर ८, २०७४

बन मन्त्रीले पीडितका घरमै पुगेर यसरी सम्बेदना दिए

        बद्री पन्त   |   प्रकाशित मितिः बुधबार, पुस २७, २०७३     7:41:51 AM  | 1660 पटक पढिएको   |  

जाजरकोटः बन मन्त्री शंकर भण्डारीले खोपलिङ्ग हत्याका पिडित परिवारलाई मंगलवार घरमै पुगेर सम्बेदना प्रकट गरेका छन् ।
मन्त्री भण्डारीले गत १७ गते ताप्लेजुङको खोपलिङ्गमा हत्या गरीएका बन रक्षक गणेशबहादुर शाहीकोे दशेरा ८, बडाबन स्थित घरमा पुगेर पिडित परिवारलाई सम्बेदना दिएका हुन् । मन्त्री भण्डारीले शाहीको ११ औं पुन्य तिथीको अवसरमा मृतककी धर्मपत्नि, ६५ बर्षीय आमा, नाबालक २ भाइ छोरा लगाएतस“ग भेटघाट गरेका छन् ।

  • आफ्नो एक महिना बराबरको तलब प्रदान
  • मृतक शाही पत्नीलाइ जागिर
  • सरकारबाट १० लाख राहत
  •  मृतक शाहीको नामबाट वन रक्षक पुरस्कार स्थापना

भण्डारीले क्रिया बसेकी स्वर्गीय शाहीकी धर्मपत्नि पवित्रालाई १ लाख नगद सहयोग उपलब्ध गराउनुका साथै उनलाई बन रक्षक पदमा करार नियुक्ति समेत गरेका छन् । उनले गर्भवती समेत रहेकी पवित्रालाई घरपायक पर्ने ईलाका बन कार्यालयमा हाजिर हुने ब्यबस्था मिलाउन जिल्ला बन अधिकृत उपेन्द्र प्रसाद पटेललाई निर्देशन गरेका छन् ।

कर्तब्य पालनको सिलसिलामा भएको शाहीको हत्याले मर्माहित भएको मन्त्री भण्डारीले बताए । ‘नघट्ने घटना घट्यो । हत्यारालाई मौजुदा कानुन अनुसार हदैसम्मको कारबाही गर्न लागी पर्नेछु,’ उनले भने । गणेश यो देशको सहिद बनेको उनले बताए । राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्न र पिडित परिवारलाई सान्त्वना दिन बडाबन आएको उनले बताए ।

बन मन्त्रालय मातहतको कर्मचारी मारिंदा र उनको परिवार पिडा तथा दुःखमा पर्दा सान्त्वना दिन पिडितको घरमा पुगेको उनले बताए । ‘यो ठुलो कार्य होइन, एउटा मन्त्रीको कर्तब्य हो,’ उनले भने । सरकारले पिडित परिवारको लालनपालन र बालबालिकाको पठनपाठन तथा सुरक्षाको जिम्मा लिने उनले बताए । मन्त्री भण्डारी, संसद राजीव विक्रम शाह, बन विभागका महानिर्देशक कृष्ण आचार्य लगाएत टोली पिडित परिवारलाई समबेदना दिन बडाबन पुगेको थियो ।
त्यस्तै मन्त्री भण्डारीले सदरमुकाम खलंगामा आयोजित कार्यक्रममा सरकारले राष्ट्रसेवक कर्मचारीको सुरक्षाको पुर्ण ग्यारिण्टी लिने बताएका छन् । जोखिमयुक्त कार्यमा सग्लग्न कर्मचारीको कसरी सुरक्षा गर्ने भन्नेबारे सरकार गम्भीर भएको उनले बताए । सम्बन्धित विभागीय प्रमुखलाई यस सम्बन्धि कार्यक्रम तत्काल पेश गर्न निर्देशन दिएको उनले बताए ।

देशको बन जोगाउन खट्ने बन रक्षकलाई हतियारको ब्यबस्था गर्ने बारे छलफल भैरहेको मन्त्री भण्डारीले बताए । उनले सम्पुर्ण कर्मचारीलाई जिम्मेवारी प्रति विचलित नहुन र हतोत्साहित नहुन पनि आग्रह गरे । सरकारले स्वर्गीय शाहीलाई पहिलो बन रक्षक सहित घोषणा गरेको मन्त्री भण्डारीले बताए ।
ताप्लेजुङ्गमा हत्या गरीएका शाहीको नामबाट २ लाख २५ हजारको पुरुष्कार स्थापना गरेको महानिर्देशक आचार्यले बताए । हरेक बर्ष उत्कृष्ट कार्य गर्ने १ जनालाई १ लाख र प्रत्येक क्षेत्रबाट ५ जनालाई २५ हजारको दरले उक्त पुरुष्कार उपलब्ध गराउने आर्चायले बताए । शाहीको पिडित परिवारलाई आर्थिक सहयोग गर्न बन मन्त्रालय अन्र्तगतका कर्मचारीले १ दिनको तलब उपलब्ध गराउनु पर्ने निर्णय भएको उनले बताए ।

सरकारले शाहीका परिवारलाई १० लाख राहात उपलब्ध गराउने निर्णय पनि गरेको उनले बताए । जिल्ला बन कार्यालय ताप्लेजुङ अन्र्तगतको ईलाका बन कार्यालय खोपलिङ्गमा बन रक्षक पदमा कार्यरत शाहीको खोपलिङ्गका स्थानीय टेकबहादुर लिम्बुले निर्मम हत्या गरेका थिए । हत्या विरोधमा कर्मचारीका जाजरकोट स्थित पेशागत संघ संगठनहरुले ३ दिनसम्म आन्दोलन गरेका थिए ।

1 Comment on बन मन्त्रीले पीडितका घरमै पुगेर यसरी सम्बेदना दिए

  1. राम्रो निर्णय गरेको भएको रहेछ पीडित लाई राहत ।
    तर हत्यारा लिम्बुलाइ कार्बाही भयो या भएन ? यदि कार्बाही भएको भए कस्तो किसिमको कार्बाही भयो ??
    जान्न चाहान्छु ।

Leave a comment

Your email address will not be published.


*