21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

टाउकोको मुल्य तोक्नेसँगको संगतले नयाँ नेपाल बन्दैनः ओली

          |   प्रकाशित मितिः सोमवार, पुस २५, २०७३     8:23:01 PM  | 229 पटक पढिएको   |  

जाजरकोटः जनयूद्धका वेला टाउकोको मुल्य तोक्नेसँग संगत गरेर प्रचण्डले नयाँ नेपाल वनाउन नसक्ने विप्लव नेतृत्वको नेकपा— माओवादीका नेता हेमन्त प्रकास ओलीले आरोप लगाएका छन् ।

अहिलेको सत्ता भारत, अमेरिकाको इशारामा चलेको समेत उनको आरोप छ । नेकपा — माओवादी जाजरकोटको चौथो अधिवेशनको उद्घाटन गदै ओलीले यस्तो आरोप लगाएका हुँन् । प्रचण्डले जनताको सपनामाथि खेलवाड गरेकाले अब आफूहरूले  जनताको एजेण्डा पुरा गर्ने जिकिर गरे। अहिले देशमा कर्मचारीले राजनीतिक नेतृत्व लाई चलाएका कारण नयाँ काम हुन नसकेको उनले बताए ।

प्रचण्डले गलत मार्क्सवाद पढेका र कार्यकर्तालाइ त्यही गलत मार्क्सवाद पढाएका कारण देशमा परिवर्तन हुँन नसकेको ओलीको तर्क छ । जनताको पक्षामा काम गर्ने आफ्नो पाटीलाई दमन गरे प्रचण्डलाई  जनकारवाही गर्ने उनको चेतावनी छ । प्रचण्ड र वावुराम जुन बाटो हिडे पिन उनीहरूको एउटै सिद्धान्तको मालिक भएका कारण जनतालाई धोका दिएको उनको आरोप छ । भ्रष्टहरुलाई मिलाएर पार्टी निर्माण गदैमा नयाँ शक्ति नहुने वरु पुरानो शक्ति हुने उनको आरोप छ ।

Leave a comment

Your email address will not be published.


*