22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

संशोधन फिर्ता नलिए सदनको अवरोध नहटाउने एमालेको निर्णय

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, पुस २४, २०७३     6:02:12 AM  | 117 पटक पढिएको   |  

काठमाडौंः प्रमुख प्रतिपक्ष नेकपा एमालेले यथास्थितिमा संसद बैठक सुचारु गराउन दिन नसकिने स्पष्ट पारेको छ । एमाले पार्टी स्थायी समितिको बैठकले संविधान संशोधन प्रस्ताव फिर्ता नभई संसद बैठक चल्न नदिने अडानबाट पछि नहट्ने निर्णय गरेको हो ।

ललितपुरको भैसेपार्टीस्थित पार्टी उपाध्यक्ष बामदेव गौतमको निवासमा बसेको बैठकले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न पनि सरकार संविधान संशोधन प्रस्ताव फिर्ता लिन बाध्य हुनैपर्ने परिस्थिति झन बलियो भन्दै गएको निष्कर्ष समेत निकालेको छ ।

सर्वोच्च अदालतको आदेशपछि सरकारले संविधान संशोधन प्रस्ताव संसदमा पेश गर्ने कानुनी र नैतिक कुनै पनि आधार नरहेको एमोको दाबी छ । ‘सर्वोच्चले संविधानको धारा कोट गरेर यसो गर्नु असंवैधानिक हुन्छ, यो कुरा सम्वन्धित संसदले ख्याल गर्नुपर्छ, गरेकै होला हामीलाई संसदप्रति विश्वास छ भन्ने भाषामा यो प्रस्ताव पारित गर्न मिल्दैन भनेको छ’ सचिव प्रदिप ज्ञवालीले भने, सरकारले जबरजस्ती नगरोस् भन्ने हाम्रो आग्रह छ । जबरजस्ती गर्‍यो भने संसदीय प्रक्रियाभित्र रहेर विरोध गर्छौ र अगाडि बढ्न दिँदैनौं ।’

एमाले बैठकले संशोधन प्रस्ताव फिर्ता लिई मुलुकलाई निर्वाचनमा केन्दि्रत गराउन सरकारलाई पुनः आग्रह गरेको छ ।

एमालेले शुक्रबार काठमाडौमा भएको जनशक्ति प्रर्दशन सफल भएको भन्दै सबैलाई धन्यवाद दिएको छ ।

Leave a comment

Your email address will not be published.


*