20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

संविधान संशोधन प्रस्ताव पारित गराएरै छाड्छौं: देउवा

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, पुस २४, २०७३     5:53:59 AM  | 92 पटक पढिएको   |  

काभ्रे: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रक्रिया एमालेको अलोकतान्त्रिक चरित्रका कारण अघि बढ्न नसकेको बताएका छन् ।

कांग्रेस काभ्रे–१ अन्तर्गत कोसीपारिका नौ गाविसले शनिबार आयोजना गरेको आमसभामा सभापति देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानप्रति मधेसी समुदायको असन्तुष्टिलाई सम्बोधन गर्दै ल्याइएको संशोधन प्रस्ताव एमालेले संसद् अवरुद्ध गरेर अगाडि बढ्न नदिएर संसदीय अभ्यास र प्रक्रियाको समेत अवमूल्यन गरेको बताए ।

उनले अब संशोधन प्रस्ताव पारित गरेरै छोड्ने समेत दाबी गरे । ‘अब कसैले रोक्दैमा र असहमति जनाउँदैमा संसद् गतिरोधमा रहन सक्दैन, उनले भने, समय थोरै छ, काम धेरै गर्नु छ, यो कांग्रेसले पूरा गर्छ ढुक्क हुनुहोस् ।

सभापति देउवाले नयाँ संविधान जारी गर्न अगुवाइ गरेको कांग्रेसले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।

परराष्ट्र मन्त्री एवं नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय सम्बन्ध सडकमा जुलुस गरेर बलियो नहुने बताए । एमालेको सडक आन्दोलनले गर्दा विदेशी समुदायको नजरमा नेपालमा आफ्नो सुरक्षा नरहेको सन्देश जाने उनले बताए ।

Leave a comment

Your email address will not be published.


*