18 October 2017|   बुधबार, कार्तिक १, २०७४

जाजरकोटका विद्यालयमा दिवा खाजा गुणस्तरहिन

विद्यार्थीले वान्ता गरे

          |   प्रकाशित मितिः शनिबार, पुस २३, २०७३     9:38:27 AM  | 430 पटक पढिएको   |  

जाजरकोटः जाजरकोटका १८ गाविसका प्रावि र निमाविमा वितरण गरिएको पौष्टिक आहार तीतो भएपछि खान छोडेको विद्यार्थीहरुले बताएका छन् ।

फाइल फोटो
शिक्षाका लागि खाद्य कार्यक्रमले वितरण गरेको पौष्टिक आहार खाएपछि विद्यार्थीहरुले वान्ता गरेको शिक्षकहरुको भनाई छ । दिवा खाजाको रुपमा कार्यक्रमले वितरण गर्ने आहारको माध्यमबाट विद्यार्थीहरुलाई विद्यालय जान प्रेरित गर्ने सरकारको लक्ष्य रहेको छ । यद्यपी वितरण गरिएको आहार नै गुणस्तरहिन भएपछि विद्यार्थीमा नकारात्मक असर पर्ने जिल्ला स्थित शिक्षासेवीहरुको विश्लेषण छ ।
शिक्षकहरुले पौष्टिक आहार गुणस्तरहिन भएको गुनासो सरोकारवाला निकायहरुसँग व्यक्त गरेपनि सुनवाई नभएको खबर आजको युगआह्वान दैनिकमा हेमन्त केसीले समाचार लेखेका छन् ।

Leave a comment

Your email address will not be published.


*