20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

लोडसेडिङ्गको हैरानीबाट मुक्ति पाउदै भुरीगाउँबासी

        विनोद अधिकारी   |   प्रकाशित मितिः शुक्रबार, पुस २२, २०७३     1:19:52 PM  | 128 पटक पढिएको   |  

भुरिगाउँ, बर्दियाः वारम्वार लाईन जाने अनि अत्याधिक लोडसेडिगंको चपेटामा परेका वर्दिया भुरीगाउंका स्थानियवासिले त्यो हैरानीवाट मुक्ति अव छिट्टै पाउने भएका छन् ।

अत्याधिक लोडसेडिङ्ग, लो भोल्टेज, रुखका हाँगा खस्दा पटक पटक तार चुडिँने र तोकीएको समयमा बत्ती नआउँदा हैरानी खेप्नु परेको बर्दिया बगनाहा, भुरीगाउँ क्षेत्रका स्थानियहरुले अब त्यो समस्याबाट केही महिनाबाट मुक्ती पाउने भएका छन् ।

बर्दियाको भुरीगाउँ बजार नजिक बलातीमा निमार्ण भई रहेको भुरीगाउँ विद्युत सवस्टेशनको काम २०७३ चैत्र महिना भित्रै सकिने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भुरीगाउँ सवस्टेशनको काममा कुनै प्राविधिक समस्या नआएमा चैत्र मसान्त भित्रै सवस्टेसनको कार्य सम्पन्न गरीसक्ने भुरीगाउँ सवस्टेशनका साईट ईन्चार्ज देवराज शर्माले जानकारी दिनुभयो ।

सवस्टेशनको सम्पुर्ण काम सम्पन्न गरीसकेपछी करीब दुई देखि तिन महिना सम्म परीक्षण स्वरुप लाईन विस्तार गरेर हस्तान्तरण गर्ने शर्माले बताउनुभयो । संविद्यान जारी भएपछी असन्तुष्ट पक्षले मधेश आन्दोलन गरेका बेला बन्दका कारण केही सामानहरु समयमा आउन नसक्दा निर्माणको काम झण्डै ६ महिना ढिला सुरु हुन पुगेको बताईएको छ । आन्दोलनले गर्दा काम प्रभावित नभएको भए अहिले सम्म सवस्टेसनको काम सम्पन्न भईसक्ने थियो शर्माले भन्नुभयो ।

यस क्षेत्रको समस्यालाई मध्यनजर गर्दै तोकीएको समयभन्दा अघि नै निमार्णको काम सम्पन्न गर्ने योजना अनुसार सवस्टेशनको कामलाई तिब्रता दिईएको आयोजनाले जनाएको छ । बाँकेको कोहलपुर हुँदै बर्दियाको सदरमुकाम गुलरियाबाट निकुञ्ज फिडर अन्तरगत सानोश्री, बगनाहा हुँदै भुरीगाउँ ठाकुरद्धारा तर्फ आउने विद्युत लाईनमा अत्याधिक लोडसेडिङ्ग, लो भोल्टेज र सडक किनारमा रुखका हाँगा खस्दा तार चुडिँने समस्याले गर्दा सहज रुपमा विद्युत प्रयोग गर्न नपाउने समस्या रहेको छ । सव स्टेशन संचालनमा आएको खण्डमा यहांका छापाखाना , रेडिायो तथा घरेलु उधोगहरुलाई समेत टेवा पुग्ने स्थानिय वताउंछन् ।

Leave a comment

Your email address will not be published.


*