20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

सरकारले वन रक्षक शाहीलाई शहिद घोषणा गर्‍यो

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः बिहिबार, पुस २१, २०७३     2:29:24 PM  | 3101 पटक पढिएको   |  

काठमाडाैं: सरकारले ताप्लेजुङमा हत्या गरिएका वन रक्षक गणेशबहादुर शाहीलाई शहिद घोषणा गरेको छ।

सिंहदरबारमा बिहीबार विहान बसेको मन्त्रिपरिषदको बैठकले मृतक शाहीलाई सहिद घोषणा गर्नुका साथै उनका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिए।

कार्यक्षेत्रमा खटेको समयमा हत्या भएकाले शाहीलाई प्रक्रिया पुर्‍याएर शहिद घोषणा गरिएको कार्कीले बताए।

यसैगरी खेल प्रशिक्षक बासुदेव भट्टराई र खेलकुद विकास समिति बाँकेका प्रमुख कर्णबहादुर खड्काको परिवारलाई पनि जनही १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको पनि बैठकले गरेको कार्कीले जानकारी दिए।

Leave a comment

Your email address will not be published.


*