22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

पत्रकारको घरमा आगलागी, सहयोग गर्न महासंघको अपिल

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस १८, २०७३     9:04:12 PM  | 310 पटक पढिएको   |  

जाजरकोटः गत पुस १० गते ढिमे १, जाजरकोटका पत्रकार कर्णबहादुर सार्कीको घर आगलागीबाट जलेर नष्टभएपछि पत्रकार महासंघ जाजरकोट शाखाले सार्कीको परिवारको लागि सहयोग गरिदिन सबैमा अपिल गरेको छ ।

महासंघ जाजरकोट शाखाका सचिव दिपेन्द्र शर्माले हस्ताक्षर गरेको विज्ञप्ती मार्फत आर्थिक हिसावले विपन्न सार्कीको परिवारमा पर्न गएको दुखद घटना प्रति गहिरो दुख व्यक्त गर्दै पिडित परिवार प्रति हार्दीक सहानुभुति प्रकट गर्दै शाखाको तर्फबाट राहत स्वरूप नगद ५ हजार सहयोग प्रदान गरेको जानकारी गरिएको छ ।

हाल पीडित सार्कीको परिवार छिमेकीको घरमा शरण लिएर बसेको छ । पीडित परिवारलाई सहयोग गर्न चाहाने सहयोगी हातहरुलाइ महासंघ जाजरकोट शाखाले मोवाइल नं ९८४८२०९९७७ र ९८१२४३७९९७ मा सम्पर्क राख्न अनुरोध गरिएको छ ।

 

Leave a comment

Your email address will not be published.


*