21 September 2017|   बिहिबार, अशोज ५, २०७४

वन रक्षक शाहीको निर्ममतापुर्वक हत्या यसरी भएछ

हत्यारालाइ कारवाही गर्न आफन्तको माग

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस १८, २०७३     8:49:51 PM  | 3847 पटक पढिएको   |  

जाजरकोटः खोक्लिङस्थित इलाका वन कार्यालयमा कार्यरत वन रक्षक गणेश शाहीको आइतबार हत्या गरिएको छ । जाजरकोट, दसेरा ८ घर भएका उनको खोक्लिङ ८ मा खुकुरी प्रहार गरी हत्या भएको हो ।

जिल्ला प्रहरीका डीएसपी रामबहादुर केसीका अनुसार खोक्लिङ ८ दुरिङ घर भएका सबिन लिम्बूले हत्या गरेको खुलेको छ । उनलाई प्रहरीले आइतबार साँझ सदरमुकाम फुङलिङबाट पक्राउ गरेको छ । उनले वन रक्षक शाहीलाई स्थानीय विष्णुलाल पन्तको घरबाट डेढ/दुई सय मिटर दूरीसम्म खेदाएर हत्या गरेको प्रहरीले जनायो ।
घटनास्थलमा रहेका एक स्थानीयका अनुसार शाहीको हात छियाछिया हुने गरी काटिएको छ । टाउको र शरीर छुट्टिएको छ । टाउको करिब दुई किलोमिटर तल खोल्सामा भेटिएको थियो । सामुदायिक वनसँगको छलफल तथा सीमांकन विवाद मिलाउन शाही र सामुदायिक वनका पदाधिकारी पन्तको घरमा भेला भएका थिए । सविनको निजी जग्गा हाङगोडे तेस्रेकाली सामुदायीक वनमा परेको विषयमा दिनभर पनि छलफल भएको थियो । आइतबार विवाद टुंग्याउने गरी शाही बेलुका खोक्लिङ डाँडागाउँस्थित निवास फर्किएका थिए । उनी प्रहरी चौकी छेउमा रहेको इलाका वन कार्यालयमा बस्दै आएका थिए । यहाँ तीन जना कर्मचारी कार्यरत रहेपनि दुई जना पापुङ क्षेत्रको फिल्डमा गएकाले विवाद मिलाउन एक्लै गएका थिए ।

डीएसपी केसीका अनुसार आइतबार बिहान छलफल सुरु भएपछि लिम्बूले अर्काले बोकेको खुकुरी थुतेर हान्न खोजेपछि शाही भागेका थिए । उनी भागेपछि लिम्बू खेददै गएका थिए । एक/डेढ सय मिटर तल पुग्दा शाही अलैंची बगानमा लडेका थिए । लिम्बूले त्यही खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

जाजरकोट दशेरा स्थित मृतक शाहीका आफन्तजनले हत्यारालाइ कानून बमाेजिम तत्काल कारवाही गरिनुपर्ने माग गरेका छन् ।

 

2 Comments on वन रक्षक शाहीको निर्ममतापुर्वक हत्या यसरी भएछ

  1. Telai ni testari Katnu parx.kai hami jajarkot basi gari kina chup

  2. saraswati thapa // January 4, 2017 at 3:00 pm // Reply

    faasi ko sajaya hunuparx( mritu danda ko sajaya hune gari kanun banaainu parx)dinaanu din moulaaudo hatya hinsa ko antya chaahanxou hami

1 Trackbacks & Pingbacks

  1. वन रक्षक शाहीको हत्याको विरोधमा जाजरकोटका कर्मचारीको जुलुस | Ekhabaronline.com

Leave a comment

Your email address will not be published.


*