22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

श्रीमतीको उजुरीमा श्रीमान पक्राउ

मापसे गरेर जवर्जस्ती गर्न खोजेको आरोप

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस १८, २०७३     8:34:50 PM  | 166 पटक पढिएको   |  

डोल्पा : श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न खोजेको आरोपमा गणेश विक पक्राउ परेका छन् । पटक पटक मादक पदार्थ सेवन गरेर श्रीमतीसँग जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने गरेको र कुटपिट समेत गरेको भन्दै उनकी श्रीमती विसाकुमारी विकले उजुरी दिएपछि उनी पक्राउ परेका हुन्।

बिहे गरेको तीन वर्षभित्र मादक पदार्थ सेवन गरेर पटक-पटक जबर्जस्ती शारीरिक सम्बन्ध राख्न दबाब दिने र नमानेपछि मरणासन्न हुनेगरी कुटपिट गर्ने गरेको भन्दै उनले उजुरी दिएकी थिइन्।

श्रीमतीको उजुरीमा गाउँका भद्रभलाद्मी बसेर दुवैजनालाई मिलाउँदै आएका थिए । श्रीमानको व्यबहार नसुध्रिएको भन्दै उनी सदरमुकाम दुनै आएर उजुरी दिइन्।

उजुरी दिन उनी छ दिन हिँडेर सदरमुकाम आएकी थिइन्। कुटाइबाट उनको शरीरभरि गहिरो चोट लागेको महिला तथा बालबालिकाको कार्यालय, डोल्पाले जनाएको छ ।

अभियुक्त विकलाई घरेलु हिंसाअन्तर्गत यौनजन्य हिंसामा मुद्दा चलाइएको प्रहरी नायब निरीक्षक तुलसीराम अर्यालले जानकारी दिए।

Leave a comment

Your email address will not be published.


*