18 October 2017|   बुधबार, कार्तिक १, २०७४

भारतमा भएको जिप दुर्घटनामा चार नेपालीको मृत्यु

        रासस   |   प्रकाशित मितिः सोमवार, पुस १८, २०७३     8:04:13 PM  | 90 पटक पढिएको   |  

बैतडीः भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

दुर्घटनामा सोही परिवारकै अन्य चार सदस्य पनि घाइते भएका छन् । उनीहरुको नाम खुल्न नसकेको र भारतकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बैतडीको शर्माली घर भएका उनीहरु कञ्चनपुरबाट भारतको बाटो हुँदै घर फर्किरहेका बताइएको छ ।

भारतको उत्तराखण्डअन्तर्गत लुहाघाटबाट सुगरखालतर्फ आइरहेको जिप आइतबार अपराह्न मणिलेक नजिकै दुर्घटनामा परे पनि आज मात्रै खबर आइपुगेको हो । दुर्घटनामा दुई भारतीयको पनि ज्यान गएको बताइएको छ ।

साभारः सेतोपाटी

Leave a comment

Your email address will not be published.


*