22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

पशुपतिको आँगनमा लोभी आँखा पापी मन

        मिना रेग्मी   |   प्रकाशित मितिः सोमवार, पुस १८, २०७३     7:50:50 PM  | 715 पटक पढिएको   |  

एउटा अपरिचितको आवाज हावाले बेस्सरी कानमा ठोकायो- मन्दिर जाँदै हुनुहुन्छ हो ?

भनिदिए– ‘हजुर ! दर्शन गरौकी सोचेर आको !
समयले कहिले आस्तिक र कहिले नास्तिक बनाइ दिन्छ । आज म पनि दिल खोलेरै आस्तिक भैदिएकी छु, मानौँ मन्दिरको पुजाले मेरो जीवनमा ठुलै न्याय दिनेछ, मंंहगै कायपलट गर्नेछ । हुनत भगवानले कसैले न्याय र अन्याय गरेको कुरा अहिले सम्म देखेकी छैन । तर, हाम्रा लागि सभ्यता र संस्कारको लागि पुजापाठ अनिबार्य थियो । र त्यही धर्म पुरा गरीरहेकी छु । नारीहुनुको कर्तब्य पुरा गरीरहेकी छु ।’
कर्म थलो अर्थात म उतै गाँउतिर आफ्नो गृहस्थि सजाउदै मेरी दुई कोपिलालाई हुर्काउदै थिए ! हिन्दु संस्कारले दिएको नारीत्वको उपमा थियो मेरो जीवनको नियति त्यही नियतिमा लुकामारी गरीरहेकी थिए । कहिले काँही मेरी बहिनी आउथिन् सघाँउन ।
सानो नानी थिईन् मेरो काखमा । त्यसैले बेलाबेला ममीले पठाई दिनु हुन्थ्यो ! जीवनका थुप्रै उतार चढाबहरुको तलाउमा पौडीदै एउटा खुड्किला पार गरिएको थियो । साथमा थिए, दुई लालाबाला । तिनै लालाबालाहरुको खुशीमा रमाउनु बाहेक अरु केही थिएन ।
मैले घर छोडीसकेपछि पालो थियो बैनीको । हुर्किसकेकी चेली अर्काको घर जानै पर्ने । वर्षौ देखिकोे चलन, मेरी बहिनीको पनि बिहे गर्ने बेला भैसकेको थियो ! उनी कसैको प्रेममा थिईन्, यो कुरो मलाई मात्र थाहा थियो ! केटोको शिष्टता बानी–व्यबहार राम्रो लागेर बिहेको अनुमति दिइसकेको थिएँ । उसको स्वतन्त्रतालाई सम्मान गर्दै राम्रो लगन हेरेर मंसिरको महिना उनको बिहे गरिदियौं । ज्वाईसाप काठमाण्डौं बस्नुहुन्थ्यो, त्यसपछि बहिनी पनि काठमाण्डौं बस्न थालिन ! उनीहरुको जीवनको दुइपांग्रे रथ पनि हुइकियो ।
उनको बिहेको केही महिना पश्चात मलाइ भेट्ने निम्तो आयो । निम्तो अनुसार म उनीहरूलाई भेट्न भनेर काठमाण्डौं जाने निर्णय गरें । रात्री बसको यात्रा पार गरेर काठमाडौ पुँगे । संयोग बैनी भेटने बहाना बनाएर मलाई काठमाडौ शहरसंग साउती गर्नु थियो । मुलुकको सपनाको शहर काठमाडौसंग अकंमाल गर्नु थियो । सानी छोरीलाई लिएर म रात्रीबसमा हानिएँ ।

नेपालीहरूको सपनाको शहरमा यानेकी काष्टमण्डप रुपि निकुन्जमा । बिहान यस्तै ६ बजेको हुदो हो, बसपार्क पुगेको बहिनी आईसकेकी थिईन् मलाई लिन । त्यसपछी हामी उनको निजि हिरासत तिर गयौ । काठमाडौको बसाइ घरबेटीहरुको यातना कोठा कुनै हिरासत भन्दा कम लाग्दैनन् । सायद, त्यही पीडाको मारमा थिइन् मेरी बैनी पनि सायद ।

उनिहरूको कोठा बौद्धमा थियो । त्यो दिन त थकाई लागेकोले म दिनभर सुतिरहे । अर्को दिन बौद्धस्तुपा गईया, बडो रमाउदै सानु यताउता कुद्दै थिईन् । उसैपनि मन्दिरै मन्दिरको शहर धेरै मन्दिर हरुमा गईयो ।

धेरै ठाँउ घुम्यौ हाँमी पसुपति दर्सन गर्न जाउ भनेर दिदी बिहानै उठेर नुहाईवरी पुजाको टोकरी लिएर पशुपति गयौ । बौद्धबाट खासै टाढा थियन, हिडेरै गएका थियौ हामी । गुह्येश्वरी पुगेर त्यहाँ पनि दर्शन गरी अलि अगाडि मात्र के बढेका थियौ ! यसरी रोईदियो बादलु, हामी सँग भएको छातालाई हम्मे हम्मे पर्यो ।
बादलुको आँसु थाम्न एक छिन त्यही रोकियौ । बर्षात अलि कम भयो हामी भिजिसकेका थियौँ । श्रावनको महिना बादल बर्षिनु स्वभाविक नै थियो ! हामी पानी सँगै पौठेजोरी खेल्दै मृगस्थली हुदै अगाडी बढ्यौ ! किराँतेश्वर महादेवको मन्दिर पुग्यौैै त्यहाँ पनि दर्शन गयौं । पानी बेगले परी रहेकाले एक छिन त्यही बस्यौ ! बर्षातको पानी रोकिने नामै लिदैन । कति कुर्नु जाऔ, भनेर हामी हिड्यौ बाटो चिप्लो थियौ सानुलाई पिठ्यूमा बोकेर बहिनी हिडीरहेकी थिईन ।
हाम्रो पछी पछि दुई जना केटाहरू थिए । मान्छेहरु धेरै ओहोर दोहोर गरिरहेकै थिए बाटो चिप्लो थियो हामी दिदी बहिनी एक अर्काको हात समाएर हिडीरहेका थियौ हाम्रोलागि कुनै चुनौती भन्दा कम थिएन त्यो बाटो । केटाहरुले बेला बेला आपसमा बोलेझै गरी हामीलाई छेड हानीरहेका हुन्थे हामी नसुनेझै गथ्र्यौँ ।
पशुपतिनाथको दर्शनभर उनीहरुको नजर हामीसंगै दौडीरह्यो । मानौ, उनीहरु हाम्रो सुरक्षामा हिडिरहेका छन् । हुनत हामीमा एकआपसमा बोलचाल भएन । तर नजरको बोलचाल कुनै चिरपरिचित साथी भन्दा एकरती कम थिएन । बिस्तारै बिस्तारै हिडी रहेका थियौ कोही बोल्यौ– राम्रो सँग हिड्नुस् है लड्नु होला फेरी ! यसो पछडी हेरेको त हाम्रो पछाडी हिडिरहेका ती दुई यूवक पो रहेछन् ।
हामीले उनीहरूलाई भन्यौ– हामी हिड्न सक्दैनौ हजुरहरूलाई ढिला होला ! अगाडी हिड्नुहोस् । होईन ठिकै छ हिड्नुस पो भन्छन् ! ल ठिकै छन्त ! हामी आफ्नै सुरमा हिडिरह्यौ । उनीहरु हामीसँग बोल्न खोज्दै थिए ! सानुलाई बेला बेला बोलाउदै थिए । साुनको बाल सुलभ सौन्दर्यले पनि हुनसक्छ, उसँग नजिक हुन धेरैले मरिहत्ते गर्थे ।
ति दुई यूवक मेरी छोरीको वर्णन गर्थे– ‘कती क्यूटबेबी’ आपसमा कुरा गर्थे ! एउटाले सोधीहाल्यो– हजुरहरूको घर चै कता ?
पश्चिम !
अनि यता कता बस्नुहुन्छ ?
बौद्ध !
के गर्नु हुन्छ ? उनिहरु निरन्तर प्रश्न गरिरहे ! केहि गर्दैनौ यतिकै घुम्न आको भन्यौ ! उनिहरूको प्रश्नले मलाई झ्याउ लागिरहेकाले मैले प्रति प्रश्न गरें–
हजुरहरुको घर कता नि ?
तनहु !
ढिलै नगरी जवाफ फर्कायो एउटाले ।

सोचें, कति हतार भको हो बोल्नको लागि । केटी देख्नै नहुने यी केटाको जात । हुन त जातै बैमानी । नजर बैमानी लोग्ने मान्छेको । मौका छोपी हाल्छन् । बोल्ने ती केटाहरु कतै चोर त हैनन् ? म बहिनीलाई सुटुक्क कानमा भन्छु । उनले भनिन जो पनि चोर हुनसक्छन, अहिलेको समयमा । के थाहा मान्छे को मनमा के के हुन्छ हुन्छ ! अघि देखि हाम्रो पिछा गरिरहेका छन् । अगाडी जाने नामै लिदैन बा ? के तालका मान्छे हुन् म बेला बेला बहिनीको कानमा कानेखुसी गर्थे ।

चिप्लो बाटोको कठिन यात्रापछि हामी पशुपति पुग्यौ अब चै पिछा छुट्ने भो भन्ने सोचेर मन्दिर भित्र प्रवेश गर्यौ । तिनीहरू पनि दर्शन गरेर बाहिर निक्लिए । मैले सन्तुष्टीको सास फेर्दे भने– धन्न छुटकारा पाईयो उफ !
बहिनीले हाँस्दै भनिन्– त्यति डर लागेको थियो ?
अँ लागिहाल्छ नि । कसरी पछिपछि लागेको थिएँ देखिनौं ? मेरो त सातै उडेको । मेरो मुहारको निष्फिक्रि भाव देखेर उनी हाँस्न थालिन् ।
पुजापाठ गरेर हामी मन्दिर बाहिर निस्कियौं । अच्चम्म ! उनीहरु त बाहिर नै छन् । उनीहरुको आँखा छलेर बस्न खोज्दा देखिहाले । एउटा केटा हाम्रो नजिक आएर सोध्न थाल्यो– अब फर्किने होईन ?
मैले कुरा टाल्दै भनें, अँ अब एकछिन बसेर फर्किनुपर्ला ।
ए हो र ? हामी त अब जान थाल्यौं ।
मैले मनमनै भनें– हामीलाई केको बाल ? हामीलाई किन सुनाको होला ? न आमाबाट न मामाबाट ।
उनीहरु गए होलान् भन्ने लागेर हामी हतार हतार पश्चिमद्धारबाट बाहिरा निस्केका मात्र के थियौं, उनीहरु त बाहिरै रहेछन् । त्यहाँ देखेपछि मैले भनें– ल हेर, के पारा हो ? अझै जानुभाको छैन ? आफ्नो गन्तव्यमा जानुपर्दैन ?
मनमनै रिस पनि उठेको थियो, उनीहरुको स्वभाव र शैलीप्रति ।
त्यहाँबाट हामी पशुपतिबाट उत्तरतर्फ लाग्यौं, बौद्धतिर । हामी आफ्नो बाटो शराशर हिडिरह्यौ । उनीहरुले एकटकले हामी गएतिर हेरिरहे । मैले पनि पछाडी फर्केर आँखाले देखुन्जेल हेरिरहें । हामी परपर पुग्दै गर्दा उनीहरुले त्यहाँ नजिककैको रुखमा समेत चढेर हेरे ।
हुदा हुदा रुखमै चढेर समेत हेर्न थाल्यो बा ? मर्न नसकेको खाते । हामीले आपसमा कुरा गर्यौं । उनीहरुको त्यो हेराईले हामीलाई थप सशंकित बनायो । हामीले अफ बाटो बदल्ने निर्णय गर्यौं । र, उनीहरुको आँखा छलेर अर्को गल्ली हुदै चावहिल तिर गयौं ।
मनमा नानाथरी शंका उपशंकाहरुले ठाउँ लिए । आखिर ती केटाहरुले हामीलाई किन त्यसरी पछ्याए । हामीमा त्यस्तो के राम्र्रो कुरा भेटे वा नराम्रो ?
बंगलादेशकी चर्चित नारी लेखक तसलिमा नसरीनले भनेजस्तै महिलाहरुले यौन क्रियाका लागि महिलाहरुले पुरुष चाहिदैन भनेको दिन नै पुरुषहरुको अन्तिम पराजयको दिन हुनेछ ।
बाटोभरी नसरीनको भनाइ मनमा खेलिरह्यो । के उनीहरुले हामीलाई पछ्याउनुका पछाडी उनीहरुको यौन मनोविज्ञान थियो ?

Leave a comment

Your email address will not be published.


*