22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

अन्तराष्ट्रिय टोपी दिवस यसरी मनाइयो

टोपी दिवश

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः आइतवार, पुस १७, २०७३     12:17:34 PM  | 119 पटक पढिएको   |  

काठमाडाैंः कठ्याङ्ग्रिदो जाडोमा बिहान ७ बजे काठमाण्डौँस्थित माइतीघर मण्डला पुग्दा एक जमात युवायुवती हातमा नेपाली झण्डा फहराउँदै शिरमा नेपाली ढाका टोपी लगाएर भेला भएका थिए ।

नेपाली पोशाक हराउँदै गएकोमा पीडा बोध गरेका युवायुवतीहरु “हाम्रो शान हाम्रो पहिचान, नेपाली टोपी अभियान” नारा लेखिएका ब्यानरसहित प्रस्तुत भएका थिए । “युवा जागे देश अघि बढ्छ” नाराकासाथ गठन भएको जागरुक युवा अभियान नेपालले चौँथो अन्तराष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा आयोजना गरेको र्यालीमा सहभागी हुन गएका युवाको जमात हो यो ।

विगत तीन वर्ष देखि जनवरी १ लाई अन्तराष्ट्रिय टोपी दिवसको रुपमा मनाईँदै आएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत बनेको जागरुक युवा अभियान नेपालको अभियानलाई साथ दिनेको संख्या पनि बढ्दै गएको छ । चौँथो अन्तराष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा आयोजना गरिएको र्यालीमा युवायुवती मात्र नभई केही पाको उमेरका मानिसहरु समेत देखिएका थिए । उसो त नायिका शुभेच्छा थापासहित सञ्चारकर्मीहरुको उपस्थिती समते रहेको र्याली माइतीघरबाट सुरु भएर बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो ।

यसरी सुरु भयो अन्तराष्ट्रिय नेपाली टोपी दिवस
नेपाली अंग्रेजी नयाँ वर्ष मनाउनु नराम्रो कुरा होईन तर यसलाई नेपाली पन झल्किने गरी मनाउन सके थप महत्व झल्किन्छ कि भन्ने हेतुले नेपाली टोपी दिवसको सुरुवात भएको हो । एकातिर अंग्रेजी नयाँ वर्षलाई नेपालीपनले मनाउने सोच र अर्कोतिर नेपाली पोशाक हराएको पीडा । यिनै कारणले नेपाली टोपी दिवसको जन्म भएको हो । पहिलो २०१४ र दोस्रो २०१५ नेपाली टोपी दिवस फेसबुकमा सिमित रह्यो । पहिलो वर्षमा फेसबकमा केही व्यक्तिमा मात्रै सिमित यो अभियानले दोस्रो वर्षमा स्कुलदेखि गाउँसम्म प्रवेश पायो । यो विषय फेसबुकमा भाइरल भएलगत्तै विभिन्न क्लब, समूह तथा व्यक्तिहरुले आ–आफ्नै तरिकाले नेपाली टोपी दिवस मनाउन थालेका छन् । दुई वर्षको अन्तरालमा देश विदेशबाट थुप्रै ऊर्जाजन्य उत्साहप्रद प्रतिक्रियाहरु प्राप्त भएका छन् । त्यसपछि गत वर्ष सन् १०१६ देखि सडकमार्फत पनि टोपी दिवस मनाउन थालिएको हो ।
नेपाली टोपीको महत्व र अर्थ
यतिबेला हामीले टोपीको महत्व र वास्तविकता बुझ्न जरुरी छ । नेपाली टोपीको इतिहास कैलाश पर्वतसँग पनि जोडिन्छ । कितपयले खस क्षेत्रीसँग तुलना गरे पनि नेपाली टोपीको सम्बन्ध मुसलमान समुदायसँग पनि जोडिन्छ । अत : नेपाली टोपीको साइनो बंगलादेशको ढाका, काश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । त्यसो त कतिपयले नेपाली टोपीलाई पहाडीयाको उपमा समेत दिने गरेका छन् । तर सबैले बुझ्नुपर्ने कुरा के हो भने नेपाली टोपीले हरेक जाति, क्षेत्र र वर्गको प्रतिनित्व गर्छ ।

टोपीको माथिल्लो चुच्चो भागले हिमाली, बीचको भिरालो भागले पहाडी र मुनिको समथर भागले तराईको प्रतिनित्व गर्छ । अर्को कुरा हामी हिमाल, पहाड, तराई वा पूर्व र पश्चिम जाहा पुगेपनि नेपालीको शिरमा यो टोपी सजिएको भट्छौँ । त्यसैले नेपाली टोपीलाई खस, क्षेत्रीको पहिरन भनेर आलोचना गर्नु उपयुक्त नहुने जागरुक युवा अभियान नेपालको धारणा रहेको छ ।

साभारः डिसि नेपाल

Leave a comment

Your email address will not be published.


*