18 October 2017|   बुधबार, कार्तिक १, २०७४

अख्तियारले यसरी छानबिन गर्दैछ, जाजरकोटका विद्यालय

        बद्री पन्त   |   प्रकाशित मितिः आइतवार, पुस १७, २०७३     11:49:18 AM  | 184 पटक पढिएको   |  

IMG_4011

जाजरकोट: जाजरकोटका विद्यालयहरुमा छात्रवृत्ति, विद्यालयको भवन निर्माण तथा आन्तरिक आयमाथि व्यापक घोटाला भएको पाइएको छ ।

रकम घोटालाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतले  जिल्लाका केहि विद्यालयहरुमा अनुसन्धान प्रक्रीया अघि बढाएपछि यस्तो रहस्य बाहिर उजागर भएको हो । विद्यालयहरु यहाँका विद्यालयका प्रधानाध्यापक, प्राचार्य तथा व्यवस्थापन समितिका लागि गतिलो कमाई खाने भाँडो जस्तै भएको अभिभावकले बताएका छन् । साता अघि यहाँका गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षाको  भत्ता वितरणमा भएको  घोटालावारे  छानवीन गर्न जिल्ला  आएको अख्तियारको टोलीले  केहि विद्यालयहरुको  वारेमा परेको  उजुरीवारे  विद्यालयमा छापा मारेर विभिन्न कागजातहरु नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि वढाएको  हो ।
जिल्लाको पश्चि स्थित जनप्रिय माद्यामिक विद्यालय दशेरा, वाल माद्यमिक विद्यालय झाप्रा, जनविकास मावि  सुवानाउली र भाग्योदय मावि वडावनमा अख्तियारको टोलीले पुगेर अनियमिता छानवीनको सुरुवात  गरेको हो । विद्यालयमा विभिन्न श्रोतवाट जम्मा भएको रकम, पाठयपुस्तकको रकम र छात्रवृत्तिको रकममा प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा घोटाला हुने गरेको भन्दै सरोकारवालाहरुले गुनासो गर्दै आएका छन् ।
स्थानीय अभिभावक र अन्य सरोकारवालाहरुले दिएको उजुरीवारे  केहि विद्यालयहरुमा वुज्न गएको अख्तियार टोलीले ती विद्यालयमा आर्थिक घोटाला भएको भन्दै कागजातहरु नियन्त्रणमा लिएको हो । जनप्रिय माद्यामिक विद्यालय दशेरामा १ करोड ३७ लाख रकम हिनामिना भएको    उजुरी अख्तियारमा परेको छ । शिक्षा कार्यालयवाट निर्माण योजना परेको ४ कोठे  २४ लाखको भवन निकै कम गुणस्तरमा वनाएको ,अनावस्यक शिर्षकहरुमा अत्यधिक खर्च गर्ने गरेको  स्थानीय अभिभावकहरुको आरोप छ ।

विद्यालयका प्रधानाध्यापक शेरबहादुर अधिकारीले काठमान्डौं जादा ५ लाख यातायात खर्च, १० लाखको चिया नास्ता, र १० लाख विविध खर्च  र १ लाख वढीको रिचार्ज कार्डमा खर्च गरेको विलहरु भेटिएको अख्तियारले जनाएको छ । जनज्ञानकुन्ज क्याम्पस दशेराको स्वीकृतिका लागि जिल्ला शिक्षा कार्यालयका श्रोत व्यक्ति टेकवहादुर थापा समेत उक्त विद्यालयको  अनियमिततामा मुछिएका छन् । थापा उक्त क्याम्पस सन्चालक समितिका अध्यक्ष पनि हुन् ।
विद्यालयको सक्रियतामा क्याम्पसको स्वीकृतिका लागि काम गर्दा रकम खर्च भएको प्रधानाध्यापक शेरववहादुर अधिकारीले वताए । क्याम्पस स्वीकृतिका लागि धेरै पटक काठमाडौं जाने र वस्ने गर्दा वढी रकम खर्च हुन गएको हो, उनले भने ।

त्यस्तै वाल माद्यामिक विद्यालय झाप्रामा छात्रवृत्तिका लागि जिल्ला शिक्षा कार्यालयवाट प्राप्त हुने रकम र विद्यार्थीवाट  चर्काे शुल्क उठाएर निजि शिक्षकलाइ तलव खुवाउने गरिएको, ४ कोठे भवन निर्माणमा अनिमितता तथा कमसल सामाग्रीहरुको प्रयोग गरेको पाइएको अख्तियारका अनुसन्धान अधिकृत सुमन धितालले बताए । त्यहाको पनि कागजातहरु  अख्तियारको टोलीले कव्जामा लिएको छ । ११ र १२ कक्षाका विद्यार्थीहरुवाट प्रति विद्यार्थीबाट ५ हजारका दरले रकम अशुली गरेको पाइएको छ ।

IMG_4006

उठाइने शुल्कवापतको रकम  विद्यालयका प्रचार्यले  निजि  कामका लागि व्याजमा लगाउने गरेको पाइएको हो । उता  तत्कालीन उच्च मावि अहिले मावि तहका संयोजक पृथीवहादुर सिंहले भने राजनैतिक पुर्वाग्रह राखेर आफुलाइ कांग्रेसले झुटो आरोप लगाइएको वताए । उनले  फरक आस्थाकै आधारमा आफुमाथि  रकम हिना मिनाको आरोप लगाउनु सरासर गलत भएको दावी गरे । अख्तियार टोलीले आवश्यक कागजात माग्दा संयोजक पृथीवहादुर सिंहले यो विषयमा आफुलाई कुनै जानकारी नरहेको भन्दै पन्छिन खोजेका थिए ।

टोलीले तपाइ अरु कुरा हैन छिटो विल भरपाइ देखाउनोस् भने पछि सिंहले कागजात घरमा रहेको छ भन्दै घरमा नै जाउँ भने । घरमा जादा उनले ११ र १२ को क्यारेक्टरको ठेली देखाए । अरु खै त भन्दा सर भेटिएन लेखापालसंग रहेछ भने । पछि टोली लेखापाल खोज्दै हिड्यो । लेखापाल कालिबहादुर नेपाली थलहबजार पसलमा फेला परे । टोलीले तपाइसंग विद्यालयको कागजात छ रे पाउ ? लेखापाल अलमलिए उनले भने सवै कागजात संयोजक सरसंगै हुन्छ, सरले आफुलाई कुनै पनि आर्थिक कारोवारको जिम्मा नदिएको बताए ।

संयोजक सरबाटै आर्थिक देखि सवै कारोवार हुने बताए । संयोजक सिंहले ४ कोठे भवनको ७ लाख रुपैंया कामको जिम्मेवारी लिएको फेला पर्यो । उनको पालामा निर्माण हुने भनिएको भवन ४ वर्षदेखि अलपत्र छ । भवनमा १६ एमएमको छड प्रयोग गर्नु पर्नेमा १०/१२ एमएमको छड प्रयोग गरेको, मेसिनरी वाल लगाउनु पर्नेमा गारोमाटो प्रयोग गरेका छन् । १६ एमएमको छड प्रयोग किन नगरेको प्रश्न गर्दा संयोजक सिंहले ल्याएको हो, बाटोबाटै हरायो भन्ने जवाफ दिए । सिंहले विद्यालयको छड, सिमेन्ट दशेरा ८ थलहबजारमा आफ्नो घर निर्माणमा प्रयोग गरेको स्थानीयले बताए । संयोजक पृथीवहादुर सिंहले अख्तियारको टोलीलाई काटुन नै बनाउन खोजेको अधिकृत धितालले बताए ।
उता सुवानाउली स्थित जनविकास माद्यामिक विद्यालय  सुवानाउलीमा पनि ६ महिना अघि प्रधानाध्यापकको जिम्मेवारी छोडेका वीरेन्द्र जैसीले पाठ्यपुस्तक, छात्रवृत्तिको रकम हिनामिना गर्नुका साथै विद्यालयमा २ महिना गयल भएर पनि तलव खाएको फेला पर्यो । टोलीले विद्यालयका सवै कागजपत्रहरु १५ दिनभित्रमा उपलव्ध गराउन निर्देशन दिएको छ । पुर्व प्रधानाध्यापक जैसीले १ लाख १६ हजार रकम हिनामिना गरेको  अभिभावकहरुको  आरोप छ ।  ६ महिनाअघि  प्रधानाध्यापकको जिम्मेवारी पाएका जयवहादुर डाँगीले भने अहिले सम्म आफुले विद्यालयको कुनै  सम्पति र रकम नवुझेको वताए ।
यी विद्यालय त केही प्रतिनिधि उदाहरण मात्र हुन् । जिल्लाका अधिकांस विद्यालयहरुमा  शिक्षा कार्यालय र अन्य निकायवाट आउने रकम र  आन्तरिक आयवाट उठ्ने रकमहरुमा  व्यापक अनियमितता हुने गरेको भन्दै विभिन्न व्यक्ति र सरोकारवालाहरुले दिएको उजुरीका आधारमा  अख्तिायारले छानवीनको काम अघि वढाएको अख्तियार दुरुपयोग अनुसन्धान  आयोगका  क्षेत्रीय प्रमुख जँगबहादुर डाँगीले जानकारी दिए । उनले अनुसन्धान र छानविनका लागि विभिन्न चार  वटा विद्यालयका सवै कागजातहरु नियन्त्रणमा लिइएको  र अन्य विद्यालयको रकम हिनामिनाको वारेमा पनि  छानविन सुरु गरिने  वताए । अहिले  धेरै कुरा भन्न नमिल्ने  तर  तिव्र गतिमा छानविन तथा अनुसन्धान प्रक्रिया सुरु गरिएकोले  दोषीलाई कारवाही र सत्य कुरा वाहिर  आउनेछ, दोषीलाई ढिलोचाडो कारबाही भएरै छाड्छ, क्षेत्रीय प्रमुख डाँगीले बताए ।
जिल्लाका त्रिभुवन मावि दल्ली, इन्द्र ज्योती सामुदायिक मावि थालारैकर, मान्य ढुङ्गा मावि टालेगाउँ, बीरेन्द्र मावि जुँगाथापाचौर, त्रिभुवन मावि खलंगा, विजय मावि काफलचौर पुन्मा लगाएत डेढ दर्जन बढी विद्यालयहरु छानविनको दायरामा परेको आयोगले जनाएको छ ।
शिक्षा अधिकारी ललितबिक्रम सिंहले विद्यालयमा हुने अनियमितता रोक्न आफुले  सक्दो पहल गरिरहेको वताए । अख्तियारले मात्र होइन आफुले पनि विद्यालयमा गलत काम गर्नेलाइ कारवाहि गर्ने  चेतावनी दिएका छन् ।

Leave a comment

Your email address will not be published.


*