20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

तरकारी खेतीमा आत्मनिर्भर बन्दै जाजरकोट

तरकारीबाट मनग्य आम्दानी

        बद्री पन्त   |   प्रकाशित मितिः बुधबार, पुस १३, २०७३     3:38:52 PM  | 410 पटक पढिएको   |  

जाजरकोट: केही बर्ष अघिसम्म जिल्ला बाहिरबाट करोडौ मुल्यको तरकारी आयात हुने जाजरकोटमा पछिल्लो समय तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएको छ । जिल्ला कृषि विकास कार्यालयले तरकारी खेतीको लागी किसानहरुलाई प्रोत्साहित गर्ने खालका कार्यक्रम संचालन गरेपछि मौषमी तथा बेमौषमी तरकारी खेतीबाट जिल्ला आत्मनिर्भर बनेको हो ।

जिल्लाको ४ सय हेक्टर जमीनमा हिउदे तरकारी खेती हुने गरेको छ । जिल्लामा ९२ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न रहेकोमा तरकारी खेतीमा १० प्रतिशत जनसंख्या सलंग्न रहेका छन । जिल्लामा बर्षे तरकारी, मौषमी तरकारी तथा वेमौषमी तरकारी खेती हुने गरेको छ । थोरै लगानीबाट छोटो समयमै राम्रो आम्दानी तथा उत्पादन हुने भएपछि तरकारी खेतीमा कृषकको आकर्षण बढ्दै गएको छ ।

कार्यालयले जिल्लाको खलंगा, कालेगाउँ, पिपे , मैदे, रिसाङ, जगतीपुरको पुल मटेला, काँसतरा, पुन्माको इवर, भेरेखर्क क्षेत्रलाई तरकारी खेतीको लागी पकेट क्षेत्र घोषना गरेको छ । तरकारी खेती उत्पादन जिल्लाको १ नगरपालिका र २६ गाविसमा हुने गरेको कार्यालयले जनाएको छ । उत्पादित तरकारी जिल्ला बाहिर सुर्खेत, दैलेख, नेपालगञ्जमा निर्यात हुदै आएको छ भने सदरमुकाम खलंगा, रिम्ना, कालिमाटी, थलह, रुकुमको राडिज्यूला, चौरजहारी, सल्लीबजार लगाएतका क्षेत्रहरुमा आपूति तथा खपत हुने गरेको छ ।

जिल्लामा तरकारी खेतको अनुगमनका क्रममा स्थानीय विकास अधिकारी इन्द्र गाैतम । तस्बिरः बद्री पन्त

ब्यबसायिक तरकारी खेतीले गाउँको मुहार फेरेको छ । कृषिमा आधुनिकी करण गर्न कार्यालयले विभिन्न कार्यक्रम सन्चालन गर्दै आएको छ । पलाष्टीक घर वितरण, ५० प्रतिशत अनुदानमा हाइव्रिट विउ वितरण, स्थानीय स्थरमा हाटबजारको व्यवस्थापन तथा संकलन केन्द्रको व्यवस्थापन सन्चालन, साना तथा सिमान्तक्रित कृषकलाइ तरकारीको कम्पोजिट किट वितरण, कृषकको क्षमता बृद्धि गर्न तालिम गोष्ठी प्राविधिक सहयोग उपलब्ध गराउदै आएको छ । काउली, बन्दा, टमाटर, गोलभेडा, काँक्रा, फर्सि, लौका, घिरौला, आलु प्याज लगाएत मौषमी तथा बेमौसमी तरकारीको खेती उत्पादन हुने गरेको छ ।

जिल्लामा ५ सय बढी व्यवसायीक तरकारी खेती कृषकले व्यवसायीक रुपमा खेती गर्दै आएका छन । एक कृषकले बार्षिक २ लाख देखि ५ लाख सम्म आम्दानी गर्ने गरेका छन । परम्परागत खेति गर्दै आएका कृषकहरु छोटो समयमा धेरै आम्दानी हुने भएपछि तरकारी खेतीमा आर्कषण बढेको देखिन्छ ।

परम्परागत खेती बालीले जीवन निर्वाह गर्न मुस्किल भएपछि कृषकहरुले तरकारी खेतीमा जोड दिदै आएको छन । ब्यबसायिक रुपमा तरकारी खेती गर्न थालेपछि आम्दानी राम्रो भएको कृषकले बताएका छन् । तरकारीले कृषकको आय स्थरमा समेत बृद्धि ल्याएको छ भने जीवन निर्वाहमा समेत सहजता ल्याएको छ ।

प्ररम्परागत रुपमा धान, मकै, गहुँ, जौं, कोदो, फापर खेती गर्दै आएका जिल्लाका कृषकहरु आजभोली १२ महिना तरकारी खेतीमा जुटेको पाइन्छ । तरकारीले घर व्यवहार चलाउन सहज हुदै आएको बताइएको छ । तरकारी खेति थालेपछि यहाँका कृषकको जीवन स्तरमा समेत परिवर्तन आएको छ । जिल्लामा सडक विस्थार तथा बजारीकरण बढ्दै गएपछि तरकारीको खपत पनि बढेको छ ।

दुर्गम गाउँ वस्तिमा तरकारी खेतीको माग बढेको कृषि प्रसार अधिकृत मुकेश रामजालीले बताउनु भयो । रोडकोरीडोर क्षेत्रमा तरकारी खेती गर्ने कृषकको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।  गत आर्थिक वर्ष ०७२/०७३ मा जिल्लामा ३५ करोडको तरकारी  उत्पादन भएको थियो ।

Leave a comment

Your email address will not be published.


*