22 October 2017|   आइतवार, कार्तिक ५, २०७४

९ महिना बित्यो, जाजरकोटका बिद्यार्थीले पाठ्यपुस्तक पाएनन्

जनक शिक्षा सामग्रीको चरम लापरवाही

        बद्री पन्त   |   प्रकाशित मितिः बुधबार, पुस १३, २०७३     9:55:30 AM  | 347 पटक पढिएको   |  

जाजरकोटः सरकारले शैक्षिक सत्र सुरु भए सँगै प्रत्येक विद्यार्थीका हात हातमा पुस्तक पुर्याउने प्रतिबद्धता जनाएपनि जाजरकोटका १० हजार विद्यार्थीले शैक्षिक शत्रको ९ महिनासम्म पुस्तक पाउन सकेका छैनन् ।
कोर्ताङ्ग ३ का नन्द प्रसाद जैसी, जया कुमारी खत्री, हिमा सिंह, अनिता कुमारी बस्नेत, महेन्द्र माध्यमिक विद्यालय कोर्ताङ्गमा ८ कक्षामा अध्ययन गर्छन् । मजकोट ७, बडकुलेका बेगबहादुर शाही, बसन्ता बुढा, राजु बस्नेत, ददिमल चदारा लगाएत सरस्वती आधारभुत विद्यालय मजकोटका कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् ।

त्यस्तै मजकोट ३ का पदम खड्का, प्रेमबहादुर खड्का, गोलबहादुर खड्का, पशुपति खड्का लगाएत आदर्श माध्यमिक विद्यालय लुहादहमा ८ कक्षामै अध्ययनरत विद्यार्थी हुन् । यी विद्यालयका विद्यार्थी त प्रतिनिधी उदाहरण मात्र हुन् । २०७३ सालको शैक्षिक बर्ष सकिन ३ महिना मात्र बाँकी छ । तर यी लगाएत २० प्रतिशत विद्यालयका विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन नसकेको मजकोटका बलबहादुर शाहीले बताए ।
शैक्षिक सत्र शुरु भएको ९ महिना सम्म पाठ्यपुस्तक नपाउदा १० हजार बढी विद्यार्थी पढाईबाट बन्चित भएका छन् । पाठ्यपुस्तक अभावमा आधारभुत र  माध्यामिक तहका ३ देखि १० कक्षा सम्मका विद्यार्थी पढाईबाट बन्चित भएका हुन् । ७ र ८ कक्षालाई कम्प्युटर, गणित, जनसंख्या, विज्ञान, ९ र १० कक्षालाई  अर्थशास्त्र, शिक्षा लगाएत किताबको अभाव भएको हो ।

छपाईको जिम्मा लिएको जनक शिक्षा सामग्री केन्द्रले समयमा पुस्तक नछापेका कारण केहि विद्यार्थीको हातमा पाठ्यपुस्तक अभाव रहेको निमित्त जिल्ला शिक्षा अधिकारी मानबहादुर गिरीले बताउनु भयो । कतिपय वितरण केन्द्रले पुस्तक नल्याई दिंदा पनि समस्या भएको हो ।९ कक्षाको पाठ्यक्रम परिवर्तन हुदा पुस्तक उपलब्ध हुन नसकेको हो ।
जिल्लाका १० वितरण केन्द्रबाट पुस्तक वितरणको ब्यवस्था मिलाइए पनि छपाईमै ढिलाई हु“दा विद्यार्थी किताव विना पढाई गर्न बाध्य छन् । शैक्षिक सत्र सुरु भए सँगै प्रत्येक विद्यार्थीका हात हातमा पुस्तक पुरयाउने सरकारी लक्ष्य कागजमै सिमित भएको छ ।
विद्यालयको लापरबाहीका कारण विद्यार्थीले पुस्तक पाउन नसकेको अभिभावकको गुनासो छ । बैशाख पहिलो सातामा वितरण गर्नु पर्ने पुस्तक अझैं आउन नसकेको भन्दै विद्यार्थीहरु पुस्तक विना नै यस बर्षको प्रथम त्रैमासिक र अर्धबार्षिक परीक्षामा सहभागी भएका छन् । पटक पटक वितरण केन्द्रमा धाउदा पुस्तक नपाएको अभिभावक शाहीले बताए ।
जनक शिक्षा नेपालगंजको लापरबाहीले पुसको मध्य भैसक्दा पनि पुस्तक उपलब्ध हुन नसकेको हो । यस जिल्लामा पाठ्यपुस्तकका लागि २ करोड ६८ लाख बजेट खर्च हुने गरेको छ । सबै विद्यालयको खातामा पुस्तक खरीदको लागि उक्त रकम निकासा भैसकेको छ ।

Leave a comment

Your email address will not be published.


*