21 November 2017|   मङ्लबार, मंसिर ५, २०७४

पाकिस्तानमा यात्रुवहाक विमान दुर्घटना

          |   प्रकाशित मितिः बिहिबार, मंसिर २३, २०७३     1:30:18 AM  | 93 पटक पढिएको   |  

काठमाडाैं मंसीर २३

पाकिस्तान इन्टरन्याशनल एअरलाइन्स (पीआईए)को चित्रालबाट राजधानी इस्लामावादका लागि उडेको विमान अवतरण हुने बेला हुनै लाग्दा इस्लामावाददेखि उत्तरतिर अवस्थित अबोटावाद नजिकै दुर्घटनाग्रस्त हुनपुगेको समाचारहरुमा जनाइएको छ।

पीआईएको उडान पीके-६६१ चित्रालबाट इस्लामावादको उडानमा भएको बेला दुर्घटनामा परेको थियो।

पाकिस्तानी टेलिभिजनहरुले सो विमानका भग्नावशेष एक भिरालो पहाडमा जलिरहेका दृश्य देखाएका छन्।

दुर्घटनाको कारण थाह भइसकेको छैन।

दुर्घटना लगत्तै उद्धारका लागि सैनिक हेलिकोप्टरहरु त्यसतर्फ पठाइएका थिए।

उडान

पीआईएको विमानमा झण्डै ५० मानिस सवार रहेको बताइएको छ।

पाकिस्तानी सेनाले २१ वटा शव फेला परेको बताएको छ।

पाकिस्तानका प्रख्यात पूर्व गायक जुनैद जमशेद र उनकी श्रीमती पनि सो विमानमा रहेका विवरणहरु आएका छन्।

पीआईएले एक वक्तव्यमा इस्लामावाद आउँदै गर्दा सो विमानको टावरसँगको सम्पर्क विच्छेद भएको जनाएको छ।

स्थानीय सञ्चार माध्यमले जनाएअनुसार सो विमान इस्लामावाददेखि ७० किलोमिटर उत्तरतर्फ रहेको हवेलियन क्षेत्रमा खसेको थियो।

सो विमान चित्रालबाट स्थानीय समय अनुसार दिउसोको ३ बजे उडेको थियो र त्यो ९० मिनेटपछि आफ्नो गन्तव्यमा पुग्नुपर्ने थियो।

तर लगभग अवतरण हुने बेला विमानसँगको सम्पर्क गुमेको थियो।

कमजोरी

सुरक्षा कमजोरीलाई लिएर पाकिस्तानको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विगतमा पनि आलोचना हुने गर्दथ्यो।

सन् २००६मा सो वायुसेवाको एक विमान दुर्घटनामा ४४ जनाको ज्यान गएको थियो।

सुरक्षा चिन्ताकै कारण युरोपेली संघ इयुले सन् २००७ मा पीआईएका उडानलाई युरोप उडान भर्न निषेध गरेको थियो।

Leave a comment

Your email address will not be published.


*