18 October 2017|   बुधबार, कार्तिक १, २०७४

नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले जागरण अभियान संचालन गर्ने

        धिराज आरसी   |   प्रकाशित मितिः सोमवार, पुस ११, २०७३     5:43:16 PM  | 411 पटक पढिएको   |  

जाजरकोटः आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले जागरण अभियान संचालन गर्ने निर्णय गरेको छ । जागरण अभियान अन्र्तगत क्षेत्र नम्बर १ का ३ स्थानमा आमसभा, विभिन्न गाविसहरुमा भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको क्षेत्रीय सभापति महेन्द्र शाहले जानकारी दिनुभयो ।
अभियान अन्र्तगत माघ ७ गते खगेनकोटको दल्ली, माघ १६ गते भेरीमालिका नगरपालिकाको स्याउली बजार र फागुन ७ गते बारेकोटको लिम्सामा भव्य आमसभा गरिने सभापति शाहले जानकारी दिनुभयो ।
त्यसैगरी अभियान अन्र्तगत पार्टीका भातृसंगठन गठन, पुर्नगठन, परिचालन, समन्वय गर्न क्षेत्रीय सचिव छवि पन्त संयोजकत्वमा ३ सदस्यीय समिति समेत निर्माण गरेको छ ।
क्षेत्रीय समितिले तय गरेका आमसभाहरुको तयारीका लागि विभिन्न नेताहरुलाई संयोजक तोकिएको सभापति शाहले बताउनुभयो । माघ ७ गते खगेनकोटको दल्लीमा हुने आमसभाका लागि संयोजक बिनबहादुर सिंह, माघ १६ गते भेरीमालिका नगरपालिकाको स्याउलीबजारमा हुने आमसभाका लागि संयोजक ज्ञानीप्रसाद शर्मा र फागुन ७ गते बारेकोटको लिम्सामा हुने आमसभाका लागि संयोजक बेदराज सिंहलाई तोकिएको सभापति शाहले जानकारी दिनुभयो ।
यसैबीच भगवती गाविसमा पुस २२ गते र रग्दा गाविसमा पुस २३ गते कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम संचालन हुने नेपाली कांग्रेस क्षेत्र नम्बर १ ले जानकारी दिएको छ ।

Leave a comment

Your email address will not be published.


*