18 October 2017|   बुधबार, कार्तिक १, २०७४

पत्रकार महासंघ म्याग्दीमा तालाबन्दी

सदस्यता विवाद

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस ११, २०७३     3:18:44 PM  | 133 पटक पढिएको   |  

बेनीः राजनीतिक आस्थाका आधारमा गैरपत्रकारलाई नयाँ सदस्यताको सिफारिस गरिएको भन्दै प्रेस युनियन म्याग्दीले पत्रकार महासंघ म्याग्दी शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ।

शनिबार बसेको महासंघको बैठकले सरकारी कर्मचारी, शिक्षक र सक्रिय राजनीतिक कार्यकर्तालाई सिफारिस गरेको भन्दै युनियनले सोमबार तालाबन्दी गरेको हो। व्यावसायिक पत्रकारिता गरिरहेका पत्रकारलाई सदस्यता दिइनु पर्ने मागसहित युनियनका अध्यक्ष गोपाल छन्त्यालको नेतृत्वमा गएको पत्रकारको टोलीले क्याम्पसचोकमा रहेको महासंघको कार्यालयमा तालाबन्दी गरेको हो।

राज्यको चौथो अंगको रुपमा रहेको महासंघले निहित स्वार्थ पूर्तिका लागि पत्रकारिता क्षेत्रमै नभएको व्यक्तिलाई सिफारिस गरिएकाले महासंघको नैतिकहीन क्रियाकलाप विरुद्ध आन्दोलन सुरु गरेको सभापति छन्त्यालले जानकारी दिए। उनले महासंघको निर्णयविरुद्ध पत्रकार महासंघ केन्द्रीय कार्यालयमा समेत उजुरी दिइने बताए।

‘निर्णय सच्याउन महासंघ नेतृत्वलाई पटक–पटक आग्रह ग¥यौँ तर सुनुवाइ भएन। त्यसैले तालाबन्दी गर्यौं, युनियनका अध्यक्ष छन्त्यालले भने। युनियन प्रेस विज्ञप्ति जारी गर्दै महासंघको निर्णयविरुद्ध सशक्त आन्दोलन गर्ने जनाएको छ।

Leave a comment

Your email address will not be published.


*