20 October 2017|   शुक्रबार, कार्तिक ३, २०७४

रमाइलो मेलाका लागि यस वर्ष फिल्ड दिइने

रमाइलो मेला हुने निश्चित

        ई-खबर अनलाइन   |   प्रकाशित मितिः सोमवार, पुस ११, २०७३     3:03:17 PM  | 952 पटक पढिएको   |  

विद्यालयले रमाईलो मेलाका लागि फिल्ड नदिने निर्णयको सर्वत्र आलोचना भएपछि अन्ततः त्रिभुवन माद्यमिक विद्यालयले रमाईलो मेलाका लागि फिल्ड उपलब्ध गराउने निर्णय गरेको छ ।
परम्परागत रुपमा लामो समय देखि लाग्दै आएको रमाईलो मेला लाग्ने र नलाग्ने अन्यौलका बीचमा अब लाग्ने निर्णयमा पुगेको हो ।
विगतका वर्षहरुमा रमाईलो मेला आयोजना गर्ने जिम्मेवारी लिएका सिलसिला कला सांस्कृतिक समाज र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, जाजरकोट शाखाले भने मेलाको आयोजना गर्न पर्याप्त समय नभएको भन्दै आफूहरुले नेतृत्वदायी भूमिका नलिने बताएका छन् । यद्यपी मेलाको आयोजना गर्न स्थानीय युवाहरुले अग्रसरता जनाएको बताईएको छ ।

केही दिन अघि विद्यालयले अाफ्नो फिल्ड मेला तथा सभाका लागि नदिने निर्णय गरेको थियो ।

Leave a comment

Your email address will not be published.


*